प्रेस सेन्टर नेपाल त्रिवेणिको तेस्रो बैठक बस्यो
प्रेस सेन्टर नेपाल रुकुम पश्चिम त्रिवेणि गाउँपालिकाको तेस्रो बैठक बसेको छ। अध्यक्ष कुबेर ओलीको अध्यक्षतामा बसेको बैठकमा प्रेस सेन्टर त्रिवेणिका पदाधिकारी तथा सदस्यहरुको उपस्थिति रहेको थियो । बैठकले संस्था दर्ता तथा सुचिकरण गर्नुका साथै बैंक खाता खोल्ने निर्णय गरेको छ ।
प्रेस सेन्टर नेपाल त्रिवेणि गाउँ पालिकालाई गाउँपालिकामा सुचिकृत गर्नुका साथै आर्थिक कारोबार संचालनका लागि प्रेस सेन्टर नेपाल त्रिवेणिका अध्यक्ष, सचिव र कोषाध्यक्षको संयुक्त हस्ताक्षर चल्ने गरी लक्ष्मी बैंकमा खाता खोल्ने निर्णय भएको हो । साथै आधारभूत पत्रकारिता तालिम संचालन गर्ने निर्णय पनि बैठकले गरेको प्रेस सेन्टर नेपाल त्रिवेणिले जनाएको छ ।
प्रकाशित मिति: बुधबार, फागुन ४, २०७८ १३:२७
प्रतिक्रिया दिनुहोस्