Kakhara सबैको खबर सम्पूर्ण खबर
अखिल क्रान्तिकारी सानीभेरीले सहिद सप्ताह विभिन्न कार्यक्रम गरेर मनाउने  

नेकपा माओवादी केन्द्रको बिद्यार्थी संगठन अनेरास्ववियू क्रान्तिकारी रुकुम पश्चिम सानीभेरी गाउँपालिकाको तेस्रो बिस्तारित बैठक सम्पन्न भएको छ । संगठनका गाउपालिका अध्यक्ष दिपक नकालको अध्यक्षतामा सम्पन्न बैठकले फाल्गुण १४ गते सहिद सप्ताहको अवसर पारी गाउँपालिका अन्र्तगतका माध्यमिक बिद्यालय स्तरीय विभिन्न कार्यक्रम गर्ने निर्णय गरेको छ । 

जस अनुसार मावि स्तरीय हाँजिरी जवाफ प्रतियोगिता, लोकदोहोरी र देश परिवर्तनमा जनयुद्धको भुमिका बिषयक वक्तृत्वकला प्रतियोगिता संचालन हुने छन् । 

साथै बैठकले सहिद सप्ताहमा सहिद तथा घाइते अपाङ्गका सन्ततिहरुलाइ शैक्षिक सामग्री बितरण गर्ने, फागुण २१ गते भित्र मावि मुल ईकाइहरुको बैठक गर्ने, विद्यालयहरुका समस्या पहिचान गरि, समाधानको लागि सम्बन्धित निकाय समक्ष पहल गर्ने र आगामि स्थानीय तहको निवार्चनमा पार्टीलाई विजय बनाउन लागि पर्ने लगाएतका निर्णय गरेको छ । 

बैठकमा नेकपा माओवादी केन्द्रका कर्णाली प्रदेश समिति सदस्यहरु बिर्खबहादुर बिष्ट, धनबिर ओली, दिपेन्द्र बिक, नेकपा माओवादी केन्द्रका सानीभेरी गाउँपालिका समिति अध्यक्ष भुपालसिङ ओली, अखिल क्रान्तिकारीका केन्द्रीय सदस्य जीवन खड्का, प्रदेश समिति सदस्य रामबहादुर बिष्ट लगायतका नेताहरुको उपस्थिति रहेको थियो । 

बैठकमा अखिल क्रान्तिकारीका केन्द्रीय सदस्य खड्काले सहभागिहरुलाई सांगठनिक गतिविधि बारे जानकारी तथा प्रशिक्षण दिनुभएको थियो । बैठकको सञ्चालन अखिल क्रान्तिकारी सानीभेरीका सचिव अपार रसाईलिले गर्नुभएको थियो ।
 

प्रकाशित मिति: बुधबार, फागुन ४, २०७८  १७:१५
प्रतिक्रिया दिनुहोस्
Weather Update