Kakhara सबैको खबर सम्पूर्ण खबर
वाइसीयल चौरजहारीको सम्मेलन फागुन २० मा 

नेकपा माओवादी केन्द्रको युवा संगठन योङ्ग कम्युनिष्ट लिग (वाइसीयल) नेपाल रुकुम पश्चिम चौरजहारीको सम्मेलन फागुन २० गते हुने भएको छ । आज बसेको नगर समिति बैठकले सम्मेलनको मिति तय गरेको हो । सम्मेलनका लागि फागुन ७ गते देखि १४ गतेसम्म सबै वडाका भेला, बैठक र प्रशिक्षण कार्यक्रमहरु संचालन गर्ने पनि बैठकले निर्णय गरेको छ । साथै एमसीसी बिरुद्ध संघर्ष गर्ने पनि निर्णय भएको वाइसीयल चौरजहारीका संयोजक एल.बी कुटवालले जानकारी दिनुभयो ।

बैठकमा नेकपा माओवादी केन्द्र कर्णाली प्रदेश सदस्य विशाल शर्माको प्रमुख आतिथ्यतामा बैठक बसेको हो । बैठकमा कर्णाली प्रदेश सदस्य राधा रोका, माओवादी केन्द्र चौरजहारी नगर समिति उपाध्यक्ष सुदास स्वर्णकार, वाइसीयलका नगर समिति इन्चार्ज लालबहादुर बिष्टले प्रशिक्षणमुलक मन्तव्य राख्नुभएको थियो । 

 

प्रकाशित मिति: बुधबार, फागुन ४, २०७८  १९:५५
प्रतिक्रिया दिनुहोस्
Weather Update