Kakhara सबैको खबर सम्पूर्ण खबर
स्थानीय तह २०७४ को झलक

आगामी २०७९ वैशाख ३० गते स्थानीय तहको निर्वाचन घोषणा भएको छ । २०७४ वैशाख ३१ गते पहिलो पटक भएको स्थानीय तहको निर्वाचनको ५ वर्षपछि अर्को चुनाव हुन लागेको हो । सरकार तथा निर्वाचन आयोग अब निर्वाचनमा जुटेका छन् । निर्वाचनको मिति घोषणापछि फोटो सहितको मतदाता नामावली संकलन कार्य रोकिएको छ ।

स्थानीय तहको निर्वाचन घोषणापछि सबैतिर तरंग आएको छ । को उम्मेदवार हुन्छ, कसले जित्छ जस्ता प्रश्न सबैतिर छन् । यसै सन्दर्भमा कखरा डटकमले २०७४ सालमा भएको स्थानीय तहको झलक यहाँहरु माझ पस्केको छ । जिल्लाका तीन नगरपालिका र तीन गाउँपालिकाका प्रमुख, उपप्रमुख, अध्यक्ष,उपाध्यक्षका उम्मेदवारले कति कति मत प्राप्त गरेका थिए भनेर यहाँ राखेका छौं ।

यसले आगामी निर्वाचनको विश्लेषण गर्न थोरै भएपनि सहयोग पु¥याउला भन्ने आशा गरिएको छ । मुसीकोट, चौरजहारी र आठबीसकोट नगरपालिकाका सबै पार्टीका प्रमुख र उप्रमुखका उम्मेदवारले प्राप्त गरेको मत यहाँ उल्लेख छ । बाँफिकोट, सानीभेरी र त्रिवेणि गाउँपालिकाका अध्यक्ष र उपाध्यक्षले पाएको मत विवरण पनि यहाँ उल्लेख छ । पछिल्लो पटक थपिएका मतदाताको अन्तिम नामावली तयार भएको छैन ।

हालसम्मको विवरण अनुसार १ लाख ७ हजार मतदाता छन् । यो केही बढ्ने अनुमान छ । हाल मतदाताको एकिन तथ्यांक बनाउने काम भइरहेको जिल्ला निर्वाचन अधिकारी  कुमारी रिमा मल्लले बताउनुभयो । अबको दुई हप्तापछि मात्रै एकिन मतदाताको संख्या आउने उहाँको भनाई छ । २०७४ सालको तथ्यांक अनुसार उति बेला ९५ हजार मतदाता थिए । बाँफिकोटमा कांग्रेस एमालेले मिलेर चुनाव लडेका थिए । 

 

 

 

प्रकाशित मिति: बिहीबार, फागुन ५, २०७८  ०७:०८
प्रतिक्रिया दिनुहोस्
Weather Update