Kakhara सबैको खबर सम्पूर्ण खबर
मुसीकोटमा सडक छेउछाउमा निर्माण सामग्रि राखे कारवाही हुने

रुकुम पश्चिमको मुसीकोट नगरपालिकाले सडक तथा सार्वजनिक स्थानमा निर्माण सामग्रि नराख्न निर्देशन जारी गरेको छ । एक सूचना जारी गर्दै नगरपालिकाले सडक तथा सार्वजनिक स्थानमा निर्माण सामग्रि नराख्न र राखेको पाईएमा कारवाही गर्ने चेतावनी दिएको छ । 

नगरपालिकाको बजार क्षेत्र खलंगा लगायत विभिन्न बजारक्षेत्रका सडकहरु र अन्य सार्वजनिक क्षेत्रहरुमा विभिन्न निर्माण सामग्रिहरु जथाभावि राखेकोले सवारी साधन तथा पैदलयात्रीहरुलाई समेत आवतजावतमा कठिनाई भएको पाईएकोले त्यस्तो नगर्न नगरपालिकाले भनेको छ । 

हाल राखिएका निर्माण सामग्रि तत्काल हटाउन पनि नगरपालिकाले निर्देशन दिएको छ । नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत शेरबहादुर पुनले सडक आसपास र सार्वजनिक क्षेत्रमा निर्माण सामग्रि राखे र हाल राखेका सामग्रि नहटाए कारवाही गर्ने चेतावनी दिनुभएको हो ।  

प्रकाशित मिति: बिहीबार, फागुन ५, २०७८  १२:२१
प्रतिक्रिया दिनुहोस्
Weather Update