रुकुम पश्चिमको चौरजहारी नगरपालिकाले ५ यूनिटसम्मको पानीको महशुल तिरिदिने भएको छ । नगरपालिका भित्र महशुल तिरेर पानी खानुपर्ने हरेक उपभोक्ताको ५ युनिटसम्मको महशुल तिरिदिने भएको हो । विजयश्वरी–चौरजहारी सुख्खा खानेपानी आयोजनाबाट यसको कार्यान्वयन गर्न सुरुवात गरिएको छ । यस आयोजना मार्फत खानेपानी वा अरु काममा प्रयोग गरिरहेका उपभोक्ताले अब ५ युनिटसम्मको पानीको महशुल बुझाउनुपर्ने छैन ।
त्यसको एकमुष्ट भुक्तानी नगरपालिकाले गर्ने छ । यस विषयमा नगरपालिका र विजयश्वरी–चौरजहारी खानेपानी तथा सरसफाई उपभोक्ता संस्थाबीच सम्झौता भइसकेको छ । उक्त संस्थाले यस अघि उपभोक्ताबाट लिने महशुल अब एकमुष्ट नगरपालिकाबाट लिने छ ।
संस्थाले यस विषयमा नगरपालिकासित सम्झौता गरिसकेको छ । संस्थाका अध्यक्ष तेजबहादुर बटालाले ५ यूनिटसम्मको विद्युत महशुल अब उपभोक्ताले नतिर्ने जानकारी दिनुभयो । ‘पानी प्रयोग गरे वापत ५ यूनिटसम्मको विद्युत महशुल अब उपभोक्ताले तिर्नुपर्ने छैन,’ अध्यक्ष बटालाले भन्नुभयो, ‘अब यसको भुक्तानी नगरपालिकाले गर्ने भएको छ ।’ यो विषयमा नगरपालिकासित सम्झौता भएकाले अब उपभोक्ताबाट महशुल नउठाइने बटालाले बताउनुभयो । संस्थाले उपभोक्ताबाट ६ यूनिटसम्म तीन सय रुपैया“ महशुल लिने गरेको छ ।
७ देखि प्रति युनिट बढ्दै जा“दा ६० रुपैयाँ थपिदै जाने गरी मादण्ड तोकिएको छ । चौरजहारी नगरप्रमुख विशाल शर्माले आधारभुत आवश्यक्ताको रुपमा रहेको खानेपानी छुट दिने निर्णय गरिएको बताउनुभयो । ‘पानी महत्वपूर्ण र नभइ नहुने वस्तु यसमा नगरपालिकाले केही योगदान गर्न खोजेको छ,’ शर्माले भन्नुभयो, ‘अब उपरान्त ५ यूनिटसम्मको पानीको महशुल उपभोक्ताले तिर्नुपर्ने छैन ।’
त्यसको सम्पूर्ण व्यवस्थापन गरेर विवरण नगरपालिकामा बुझाउन खानेपानी संस्थानलाई भनि सकिएको नगरप्रमुख शर्माले बताउनुभयो । संस्थाको व्यवस्थापकीय खर्च र विद्युत खर्च उपभोक्ताबाट उठाउँदै आएकामा अब उपभोक्ताबाट नभै उपभोक्ताका तर्फबाट नगरपालिकाले त्यसको भुक्तानी गर्ने छ । संस्थाले अब पहिलो भुक्तानी ल्याउने र ५ युनिटसम्म खानेपानी खपत गरेका उपक्तालाई छुट दिने बेला भएको जनाएको छ । यो आयोजना मार्फत १, २ र ३ नम्बर वडाका ११ सय ७० उपभोक्ताको घर घरमा पानी वितरण भएको छ ।