Kakhara सबैको खबर सम्पूर्ण खबर
नेकपा माओवादी केन्द्र मुसीकोट २ को कार्यालय उद्घाटन 

नेकपा माओवादी केन्द्र रुकुम पश्चिम मुसीकोट नगरपालिका २ को पार्टी कार्यालय उद्घाटन गरिएको छ । वडाको रातामाटामा पार्टीले वडा कार्यालय स्थापना गरेको हो । पार्टी कार्यालयको नेकपा माओवादी केन्द्रका केन्द्रीय प्रचार विभाग सदस्य तथा कर्णाली प्रदेश समिति सदस्य गोविन्द रोका सचिन र नेता गोप्यश्वर केसी राकेशले संयुक्त रुपमा आज उद्घाटन गर्नुभयो । 

सो कार्यक्रममाबाट नेकपा माओवादी केन्द्र मुसीकोट २ ले यथास्थितिमा एमसीसी पारित नगर्न माग गरेको छ । पार्टी कार्यालय उद्घाटन कार्यक्रमको संचालन नेकपा माओवादी केन्द्र मुसीकोट २ का अध्यक्ष रमेश खड्काले गर्नुभएको थियो । 

यसैविच मुसीकोट नगरपालिका वडा नम्बर २ को बाद्यमा नेकपा माओवादी केन्द्रको जनवर्गिय संगठन नेपाल दलित मुक्ति मोर्चाको भेला सम्पन्न भएको छ । नेकपा माओवादी केन्द्रका कर्णाली प्रदेश समिति सदस्य मिलन खड्का सम्झनाको प्रमुख आतिथ्यता तथा मुसीकोट नगर समिति अध्यक्ष धिरेन शिर्पाली विमर्शको विशेष आतिथ्यतामा भएको भेलाले नयाँ समिति निर्माण गरेको छ । 
 
खीमबहादुर बिकको अध्यक्षतामा ११ सदस्यीय समितिको सचिवमा सृजना बिक र कोषाध्यक्ष रुपा बिक रहनुभएको छ । सदस्यहरुमा किसन बिक, हीरा नेपाली, ललिता सार्की, डम्बर सार्की, कमला सार्की, गीता बिक दलामी, लक्ष्मी कामी र डम्बर कामी रहेको नेकपा माओवादी केन्द्र मुसीकोट २ का अध्यक्ष रमेश खड्काले जानकारी दिनुभयो । 

प्रकाशित मिति: बिहीबार, फागुन ५, २०७८  १७:२०
प्रतिक्रिया दिनुहोस्
Weather Update