Kakhara सबैको खबर सम्पूर्ण खबर
८० विपन्न विद्यार्थीलाई झोला र कपी,कलम

रुकुम पश्चिमको मुसीकोट नगरपालिका ८ नम्बर वडाले विद्यार्थीलाई शैक्षिक सामग्री प्रदान गरेको छ । आज वडा कार्यालयमा औपचारीक कार्यक्रमको आयोजना गरी वडाले ८० जना विद्यार्थीलाई शैक्षिक सामग्री प्रदान गरेको हो । अति विपन्न विद्यार्थीलाई शैक्षिक सामग्री वापत एक/एक वटा झोला, प्रति विद्यार्थी १५ वटा कपी र १० वटाका दरले कलम प्रदान गरिएको वडाध्यक्ष बुद्धिप्रसाद बुढाले जानकारी दिनुभयो । 

एक शैक्षिक शत्रभरलाई पुग्ने गरी कपी, कलम दिइएको अध्यक्ष बुढाले बताउनुभयो । वडामा रहेका ४ विद्यालयका विद्यार्थीहरुले चालु आर्थिक वर्षको कार्यक्रम अनुसार नै झोला, कपी, कलम प्रदान गरिएको अध्यक्ष बुढाले जानकारी दिनुभयो । झोला, कपी, कलमले बालबालिकाको पठन पाठनमा सहजिकरण हुने विश्वास लिइएको वडाले जनाएको छ । 

सरस्वती आधारभुत विद्यालय त्रिसिङ, शाईकुमारी आधारभुत विद्यालय पोखराथाम, जनचेतना आधारभुत विद्यालय लसुनबारी र आधारभुत विद्यालय घोरखानीका विद्यार्थीले झोला, कपी र कलम पाएका हुन् । 

प्रकाशित मिति: शुक्रबार, फागुन ६, २०७८  १७:२७
प्रतिक्रिया दिनुहोस्
Weather Update