नेपाल राष्ट्रिय कर्मचारी संगठन निजामती स्थानीय तह र स्वास्थ्यकर्मीको सयुंक्त सम्मेलनले आठबीसकोट नगर समिति गठन गरेको छ । रुकुम पश्चिमको आठबीसकोट नगरपालिका र त्यस भित्र रहेका विभिन्न कार्यालयमा कार्यरत कर्मचारीहरुको सम्मेलनले कर्णबहादुर केसीको अध्यक्षतामा १५ सदस्यीय समिति गठन गरेको हो ।
समितिको उपाध्यक्षमा चंखलाल पुन, सचिवमा रत्नबहादुर परियार, सह सचिवमा चक्रबहादुर डिसी र कोषाध्यक्षमा त्रिपुरा चन्द मल्ल चयन भएका छन् । समितिको सदस्यमा कृष्ण थापा, देवबहादुर केसी, गोपाल विसी, देवबहादुर चन्द चयन भएका छन् ।
भगवती शाही, भगवती ओली, नरिन्द्र कुमार, बुद्धिराम विक, टेबहादुर पुन र धनबहादुर आरसी पनि सदस्यमा चयन भएका छन् । संगठनका केन्द्रीय सचिव शेरबहादुर खड्का, जिल्ला संयोजक तेजबहादुर केसी, माओवादी केन्द्र आठबीसकोटका अध्यक्ष रवि केसी लगायतको आतिथ्यतामा सम्मेलन भएको हो ।