मतदाता परिचयपत्र हराएकाले नयाँ परिचयपत्र पाउने भएका छन् । त्यसका लागि निश्चित प्रक्रिया भने पूरा गर्नुपर्ने छ । निर्वाचन आयोगले मतदाना परिचयपत्र हराएको भए नयाँ लिनका लागि सूचना नै निकालेको छ । परिचयपत्र हराएको भए मतदाता नामावली रहेकै जिल्लाको जिल्ला निर्वाचन कार्यालयमा निवेदन दिन सकिने छ । सम्बन्धित वडाको सिफारिस सहित जिल्ला निर्वाचन कार्यालयमा निवेदन दिएपछि नयाँ परिचयपत्र प्रदान गर्न सकिने आयोगले जनाएको छ ।
परिचयपत्र लिनका लागि जिल्ला निर्वाचन कार्यालयमा यही फागुन २० गते सम्म निवेदन दिनुपर्ने छ । रुकुम पश्चिमको हकमा जिल्ला निर्वाचन कार्यालयमा निवेदन दिनुपर्नेछ । आफ्नो वडाको सिफारिस सहित निवेदन दिन जिल्ला निर्वाचन कार्यालयले पनि अनुरोध गरेको छ । जिल्ला निर्वाचन कार्यालय जिल्ला सदरमुकाम खलंगा स्थित पातुखोला नजिक छ ।