नेपाली कांग्रेस रुकुम पश्चिमको त्रिवेणि गाउँपालिका सभापतिको विदाई भएको छ । त्रिवेणि गाउँपालिका ३ स्थित युवा जनजागरण माविले नेपाली कांग्रेसका सभापति दिपेन्द्रकुमार ओलीको विदाई गरेको हो । सोही विद्यालयको प्रध्यानाध्यापकको रुपमा कार्यरत ओलीले राजिनामा दिएसँगै विद्यालयले ओलीलाई प्रअका हैसियतमा विदाई गरेको हो ।
गत असोज ९ गते नेपाली कांग्रेसको त्रिवेणि गाउँपालिका सभपातिमा चयन भएका ओली त्यसपछि हालसम्म पनि विद्यालयको प्रअकै रुपमा कार्यरत हुनुहुन्थ्यो । विद्यालय व्यवस्थापन समिति, अभिभावक र विद्यार्थीहरुले औपचारीक कार्यक्रमको आयोजना गरी ओलीलाई विदाई गरेका हुन् ।
पार्टीको मुख्य पदमा निर्वाचित भएर पनि ओलीले ६ महिना नियमित विद्यालय गएर प्रअको भूमिका निर्वाह गर्नुभयो । यो बीचमा त्रिवेणि गाउँपालिकाले सभापति ओलीलाई स्पस्टिकरण समेत सोधेको थियो । विद्यालयको आन्तरिक काम व्यवस्थापन गरेर मात्रै विद्यालय छाडेको प्रअ ओलीको भनाई छ ।