अनेरास्ववियू क्रान्तिकारी आठबीसकोट रुकुम पश्चिमले विभिन्न विद्यालय क्षेत्र तोकेर इन्चार्ज तोकेको छ । विद्यालयमा कार्यक्रम सहज बनाउने उद्देश्यले विभिन्न विद्यालयलाई कार्य क्षेत्र मानेर इन्चार्ज तोकिएको हो । पालिकाको तेस्रो बैठकले संगठनका गतिविधि गर्न सजिलो हुने भन्दै विद्यालय इन्चार्ज तोकेको नगर सचिव दिपक केसीले जानकारी दिनुभयो । सचिव केसीका अनुसार वडा नम्बर १, २ र ३ नम्बर वडाका विद्यालयहरुको इन्चार्जमा जनक खत्रीलाई तोकिएको छ ।
४, ५ र ६ नम्बर वडामा रहेका विद्यालयको इन्चार्जमा सचिव केसीलाई इन्चार्ज तोकिएको छ । ८ र ९ नम्बर वडाका विद्यालयहरुको इन्चार्जमा शंकर बोहरा, ९ नम्बरका केही विद्यालय र १० नम्बर वडाका विद्यालयको इन्चार्जमा दिपा केसी तोकिनुभएको छ । ११ र १२ नम्बर वडाका विद्यालयको इन्चार्जमा विवेक केसी तथा १३ र १४ नम्बर वडाका विद्यालयको इन्चार्जमा केशव केसी तोकिनुभएको छ ।
बैठकले फागुन १४ गते माध्यामिक विद्यालय स्तरीय हाजिरी जवाफ प्रतियोगिता गर्ने निर्णय गरेको छ । सहिद स्मृति नमूना माविमा प्रतियोगिता आयोजना गरिने छ । राडीमा संगठनको कार्यालय स्थापना गर्ने निर्णय भएको सचिव केसीले बताउनुभयो । माओवादी केन्द्रका नगर अध्यक्ष रवि केसी, पार्टी नेता मणिराज बटाला, संगठनका जिल्ला समिति सचिव खुमराज ओली लगायतको आतिथ्यता रहेको थियो ।