Kakhara सबैको खबर सम्पूर्ण खबर
खलंगामा खुला पुरुष डबल ब्याडमिन्टन प्रतियोगिता सुरु

रुकुम पश्चिमको सदरमुकाम खलंगामा खुला पुरुष डबल ब्याडमिन्टन प्रतियोगिता सुरु भएको छ । प्रतियोगिताको आज बिहान जिल्ला समन्वय समितिका प्रमुख राजकुमार शर्माले उद्घाटन गर्नुभएको थियो । सिर्जनशिल युवा सञ्जाल–नेपालले प्रतियोगिता आयोजना गरेको हो । प्रतियोगिता बाल मन्दिर प्राङ्गनमा चलिरहेको छ ।

प्रतियोगितामा विभिन्न जिल्लाका ५४ वटा जोडिले प्रतिस्पर्धा गरिरहेको छ । ४४ वटा टिम रुकुम पश्चिमकै छन् भने अन्य १० टिम रुकुम पूर्व, रोल्पा, जाजरकोट र सल्यानबाट आएका छन् । नकआउट सिस्टममा संचालन भइरहेको प्रतियोगिता २६ गतेसम्म संचालन हुने आयोजकले जनाएको छ । पहिलो दिन आज ९ वटा खेल भएका छन् ।

पछिल्लो समय आकर्षण बन्दै गएको ब्याडमिन्टन खेलको प्रबद्र्धनका लागि प्रतियोगिता आयोजना गरिएको आयोजक संस्था सिर्जनशिल युवा सञ्जाल–नेपालका अध्यक्ष विशाल विष्टले बताउनुभयो । प्रतियोगितालाई नयाँ खेलाडीले अवसरको रुपमा पनि लिन सक्ने अध्यक्ष विष्टको भनाई छ । प्रतियोगिताको विजेता जोडीले २१ हजार १ सय २१ रुपैयाँको साथमा मेडल र प्रमाण पत्र प्राप्त गर्नेछ । उपविजेता जोडीले ११ हजार १ सय ११ रुपैयाँको साथमा मेडल र प्रमाण पत्र पाउँदा सेमी फाइनलसम्म पुग्ने दुई जोडीले ५ हजार ५ सय ५५ रुपैयाँ नगदको साथमा मेडल र प्रमाण पत्र प्राप्त गर्नेछन् ।

प्रकाशित मिति: शुक्रबार, पुस २४, २०७७  १८:५१
प्रतिक्रिया दिनुहोस्
Weather Update