Kakhara सबैको खबर सम्पूर्ण खबर
१२ किसानलाई दुहुनो भैंसी

रुकुम पश्चिमको बाँफिकोट गाउँपालिका ८, का किसानलाई लैनो भैंसी प्रदान गरिएको छ । कर्णाली प्रदेश सरकार र किसानको सयुंक्त लगानीमा १२ किसानले एक/एक वटा दुहुनो भैंसी पाएका हुन् । १२ वटा भैंसी झण्डै एक लाख देखि एक लाख ३० हजारसम्मका छन् । यसमा भैंसीको अवस्था अनुसार किसानले पनि लगानी गरेका छन् । धेरै दुध दिने, राम्रो भैंसी पाएका किसानले बढी लगानी गरेका छन् भने उस्तै खाले भैंसी परेका किसानले थोरै लगानी गरेका छन् ।

वडामा आइपुगेका १२ वटा भैंसी गोलाप्रथा गरेर वितरण गरिएको वडाध्यक्ष मनबहादुर केसीले जानकारी दिनुभयो । गोलाप्रथामा परेको भैंसीको आधारमा किसानको लगानी भएको वडाध्यक्ष केसीले बताउनुभयो । दुध उत्पादन गरी आयआर्जन बढाउने मुख्य उद्देश्य सहित कर्णाली प्रदेश सरकारको भूमी, व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयले किसासित सहकार्य गरेर भैंसी पालन कार्यक्रमलाई प्रबर्द्धन गरिरहेको छ ।

पशु सेवा तथा पशु अस्पतालले कार्यक्रमको सहजिकरण गरिरहेको छ । कार्यालयका निमित्त प्रमुख ज्ञानुकुमार शर्माले एक पालिका, एक पशु उत्पादन विशेष कार्यक्रमबाट ति भैंसी खरिद गरी वितरण गरिएको जानकारी दिनुभयो । कार्यालयले यसमा १२ लाख रुपैयाँ कार्यालयले अनुदान दिएको र त्यस थप ३० प्रतिशत किसानले लगानी गरेका छन् । मर्रा क्रस जातका ति भैंसी कपिलवस्तुबाट ल्याइएको हो । 


 

प्रकाशित मिति: आइतबार, फागुन ८, २०७८  ११:५५
प्रतिक्रिया दिनुहोस्
Weather Update