Kakhara सबैको खबर सम्पूर्ण खबर
काँडा स्वास्थ्य चौकीले थाल्यो नयाँ भवनबाट सेवा प्रवाह

रुकुम पूर्व भूमे गाउँपालिका ४ नम्बर वडा स्थित काँडा स्वास्थ्य चौकीले नयाँ भवनबाट सेवा प्रवाह सुरु गरेको छ । नयाँ भवनको उद्घाटन भएसँगै स्वास्थ्य चौकीले सेवा प्रवाह पनि नयाँ भवनबाटै थालेको हो । शनिबार उद्घाटन भएको भवनबाट आइतबारदेखि नियमित सेवा प्रवाह थालिएको हो ।

शनिबार नव निर्मित भवनको गाउँपालिका अध्यक्ष रामसुर बुढा मगरले गर्नुभएको थियो । भवन उद्घाटन गर्दै अध्यक्ष बुढाले जनताको आधारभुत स्वास्थ्य उपचारको थप ग्यारेन्टी भएको बताउनुभयो । पहिला पनि आधारभुत उपचार सेवा प्रवाह भइरहेको भन्दै अध्यक्ष बुढाले नयाँ र व्यवस्थित भवनबाट सेवा पनि व्यवस्थित तवरले प्रवाह हुने विश्वास व्यक्त गर्नुभयो ।

काँडा र साकिम गाउँकोबीचमा नयाँ भवन बनाइएको छ । निवास सहित १३ कोठे नयाँ भवनबाट सेवा थालिएको स्वास्थ्य चौकी प्रमुख चन्द्रशेखर परियारले बताउनुभयो । स्वास्थ्य चौकीले प्रसुती सेवा सहित परिवार नियोजन सेवा, खोप सेवा, पोषण सेवा, ओपीडि सेवा लगायतका सेवा प्रवाह गरिरहेको छ । हाल स्वास्थ्य चौकीमा मासिक रुपमा २ सय ५० देखि ३ सय जना जना उपचार तथा स्वास्थ्य परामर्शका लागि आउने गरेका छन् । 
 

प्रकाशित मिति: आइतबार, फागुन ८, २०७८  १४:३५
प्रतिक्रिया दिनुहोस्
Weather Update