Kakhara सबैको खबर सम्पूर्ण खबर
आठबीसकोट घटनाः ६ घण्टा लगाएर चन्दको टाउकाेको अप्रेशन 
घाइते चन्दकाे आठबीसकोट नगर अस्पतालमा सामान्य उपचार हुँदै ।

खुकुरी र हथौठा प्रहारबाट गम्भिर घाइते भएका रुकुम पश्चिमको आठबीसकोट नगरपालिका वडा नम्बर ९ राडीका रवि चन्दको टाउकाको अप्रेशन भएको छ । ६ घण्टा लगाएर रातभर अप्रेशन भएको आठबीसकोट नगरपालिकाका प्रमुख गोर्खबहादुर केसीले जानकारी दिनुभयो । तर चन्दको होस भने अझै खुलेको छैन् । 

प्रदेश अस्पताल सुर्खेतमा अप्रेशन भएको हो । चन्दलाई अहिले आईसियूमा राखिएको नगर प्रमुख केसीले बताउनुभयो । अप्रेशन सकिएपछि बिहान ५ बजे आइसियूमा सारिएको उहाँले बताउनुभयो । चन्दमाथि साेमबार  दिउँशो २ बजेतिर स्थानीय कांग्रेस कार्यकर्ता गोविन्द शाही लगायतले खकुरी र हथौडा प्रहार गरेका थिए । 

नगरपालिकाको कार्यालयबाट घर तर्फ जाँदै गरेका चन्द माथि राडीको पिपलबोट नजिकै खुकुरी र हथौडा प्रहार भएको थियो । चन्दमाथि आक्रमण गर्ने गोविन्द र कमल शाही सहित अर्का एक जना फरार रहेका छन् । उनिहरु खकुरी र हथौडा प्रहार गरी मोटरसाईकल चढेर भागेको प्रत्यक्षदर्शिले बताएका छन् । 

जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक डेकेन्द्र शर्माले घटनाबारे अनुसन्धान भइरहेको र फरार भएकाको खोजि भइरहेको बताउनुभयो । उहाँका अनुसार घटना स्थलबाट बीर भाँचिएको खुकुरी र हथौडा फेला परेको छ ।  
 

प्रकाशित मिति: मंगलबार, फागुन १०, २०७८  ०७:३९
प्रतिक्रिया दिनुहोस्
Weather Update