रुकुम पश्चिमको जिल्ला सदरमुकाम मुसिकोटमा आज सूचनाको हक सम्बन्धी अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । सूचना हाम्रो अधिकार सुशासन र विकासको आधार भने उदेश्यले मुसिकोटमा कार्यक्रम सञ्चालन भएको हो । कार्यक्रममा जिल्ला स्थित कार्यालय प्रमुख सूचना अधिकारी सञ्चारकर्मी एवं सरोकारवालाको उपस्तिथि रहेको थियो ।
सूचनाको हक सम्बन्धी अन्तरक्रिया कार्यक्रमको उद्घाटन मुसिकोट नगर प्रमुख देविलाल गौतमले ब्यानर पढेर उद्घाटन गर्नुभएको थियो । यस्तै कार्यक्रम रास्ट्रिय सूचना आयोगका आयुक्त रत्नप्रसाद मैनालीले जिल्ला स्थित सम्पूर्ण कार्यालय प्रमुख सूचना अधिकारीहरुलाई अपबाद बाहेक नागरिकहरुलाई दिन मिल्ने सूचना तत्काल दिन र तत्काल दिन नसके १५ दिन भित्र सूचना माग गरेको नागरिकलाई दिन पनि आग्रह गर्नुभएको छ ।
यसरी समयमै सूचना दिएमा नागरिक र कर्मचारी हरुको पनि सम्बन्ध राम्रो हुने आयुक्त मैनालीको भनाई रहेको छ । सूचना दिने अधिकार कार्यालय प्रमुखलाई भएकोले सूचना दिन झन्झट नमानेर समयमै नागरिकलाई वा सूचना मागेको ब्यक्तिलाई दिनु हुन्छ भने अपेक्षा गरिएको रास्ट्रीय सूचना आयोग का आयुक्त मैनालीले बताउनुभयो ।
राष्ट्रिय सूचना आयोगका सूचना आयुक्त मैनालीको अध्यक्षता भएको सूचनाको हक सम्बन्धी अन्तरक्रिया कार्यक्रममा जिल्ला समन्वय समितिका उप प्रमुख इन्दिरा विएम, अर्थ मन्त्री जनार्दन शर्माका प्रेस तथा जनसम्पर्क सल्लाहकार गोबिन्द रोका रास्ट्रिय सूचना आयोगका सचिव भागिराथ पान्डेय प्रमुख जिल्ला अधिकारी प्रमानन्द घिमिरे पत्रकार महासंघ रुकुम पश्चिमका अध्यक्ष लक्ष्मन केसी नेपाल बार यसोसिसेसन रुकुम अध्यक्ष गणेश हमाल लगायत जिल्ला स्थित कार्यालय प्रमुख, सूचना अधिकारी लगायत सञ्चारकर्मीहरुको पनि उपस्थिति रहेको थियो ।