Kakhara सबैको खबर सम्पूर्ण खबर
अनेरास्ववियू क्रान्तिकारी बाँफिकोटको प्रशिक्षण कार्यक्रम जारी

माओवादी केन्द्र निकट अनेरास्ववियू क्रान्तिकारी बाँफिकोट गाउँपालिका रुकुम पश्चिमले प्रशिक्षण कार्यक्रम गरिरहेको छ । संगठनको तेस्रो बैठकले गरेको निर्णय अनुसार गाउँपालिका भित्रका माध्यामिक विद्यालयहरुमा प्रशिक्षण कार्यक्रम भइरहेको हो ।

अनेरास्ववियू क्रान्तिकारी बाँफिकोट गाउँपालिका इन्चार्ज किरण विकका अनुसार हालसम्म ५ वटा माध्यामिक विद्यालयमा प्रशिक्षण कार्यक्रम सम्पन्न भइसकेको छ । १० नम्बर वडाको भानुभक्त मावि गाराबाङ, ९ नम्बर वडाको जनकल्याण मावि पूरानागाउँमा प्रशिक्षण कार्यक्रम सम्पन्न भइसकेको छ ।

यसैगरी ८ नम्बर वडाको नेपाल राष्ट्रिय मावि दुली, ६ नम्बर वडाको सिदार्थ मावि मग्मा र ३ नम्बर वडाको स्यार्पूताल मावि दहमा प्रशिक्षण कार्यक्रम सम्पन्न भइसकेको छ । कक्षा ९ र १० का विद्यार्थीलाई राखेर विद्यार्थी आन्दोलन, संगठनले परिवर्तणमा निर्वाह गरेको भूमिका, जिल्लाको शैक्षिक अवस्था लगायतका विषयमा प्रशिक्षण दिने गरिएको इन्चार्ज विकले बताउनुभयो ।

प्रशिक्षणमा इन्चार्ज विक, केन्द्रीय आयोगक सदस्य समकृति पुन, बाँफिकोट गाउँपालिका अध्यक्ष टेकराज रसाइली, जिल्ला समिति सदस्य हस्तबहादुर कामी लगायतको टोली रहेको छ । अब १ नम्बर वडाको जनएकता आधारभुत विद्यालय लागिम, २ नम्बर वडाको जनकल्याण मावि, ४ नम्बर वडाको वीरेन्द्र मावि, बालकल्याण मावि र ७ नम्बर वडाको नेपाल राष्ट्रिय मावि ढारबाङमा कार्यक्रम हुन बाँकी रहेको बाँफिकोट गाउँपालिका अध्यक्ष टेकराज रसाइलीले बताउनुभयो । 
 

प्रकाशित मिति: मंगलबार, फागुन १०, २०७८  २१:३७
प्रतिक्रिया दिनुहोस्
Weather Update