नेकपा एमाले रुकुम पश्चिमले जिल्ला सचिवालय गठन गरेको छ । जिल्ला कमिटिको दोस्रो पूर्ण बैठकबाट सचिवालय सदस्य चयन गरिएको हो । ५ पदाधिकारी सहित १८ जनाको सचिवालय गठन गरिएको एमाले रुकुम पश्चिमले जनाएको छ ।
अध्यक्ष नन्दराम देवकोटा, उपाध्यक्ष मनविर घर्ती, सचिव शशिराम परियार, उपसचिव गणेश सुनार र रचना मल्ल सचिवालयमा पर्नुभएको छ । यसैगरी हिमप्रकाश शर्मा, डण्डी कार्की, गणेशबहादुर अधिकारी मोतिराम विक, डबलसिङ विक, डम्मर पुन सचिवालयमा परेका छन् ।
व्युझना पुन देवकोटा, पदम खड्का, गणेशबहादुर केसी, धनबहादुर विक, कर्णबहादुर ओलीलाई पनि एमालेले जिल्ला सचिवालयमा चयन गरेको छ । केदार गौतम र लालबहादुर बुढा लगायतलाई पनि एमालेले सचिवालयमा राखेको छ । पूराना र बरियताका आधारमा सचिवालय बनाएको एमालेले जनाएको छ ।
पार्टी स्थायी कमिटि सदस्य यमलाल कँडेलको उपस्थितिमा बसेको बैठकले विभिन्न विभागका प्रमुख, उपप्रमुख, फाँट इन्चार्ज, सहइन्चार्जको साथै वडा इन्चार्ज पनि तोकेको जिल्ला कमिटि अध्यक्ष नन्दराम देवकोटाले जानकारी दिनुभयो । अध्यक्ष देवकोटाले विभिन्न पालिकामा संगठनात्मक कार्यक्रम गर्ने निर्णय बैठकबाट भएको जानकारी दिनुभयो ।
उहाँका अनुसार फागुन १८ गते चौरजहारी नगरपालिका, २० गते मुसीकोट र २१ गते यदु स्मिृति दिवश चौरजहारीमा कार्यक्रम गर्ने निर्णय भएको छ । २२ गते सानीभेरी, २३ गते त्रिवेणि, २५ गते बाँफिकोटमा र २६ गते आठबीसकोटमा पालिका कमिटिका बैठक तथा प्रशिक्षण कार्यक्रम गर्ने निर्णय एमालेले गरेको छ । पार्टी कार्यालय बागबजारमा मंगलबार जिल्ला कमिटिको र बुधबार सचिवालयको बैठक बसेको थियो ।