सल्यान जिल्लामा संचालित सामुदायिक रेडियो शारदा एफएम ९९ थोप्लो २ मेगाहर्ज आजवाट चौध वर्षमा प्रवेश गरेको छ । १४ औं वार्षिकोत्सवको अवसरमा रेडियो शारदा एफएम सञ्चालक समितिका अध्यक्ष एव्म कार्यकारी निर्देशक प्रतीक इच्छुक शर्माले एक प्रेस विज्ञप्ती जारी गर्दे रेडियोका स्रोता, कर्मचारी, पत्रकार,स्थानीय संवाददाता, विज्ञापनदाता तथा सवै पेशा,वर्ग क्षेत्रका शुभेच्छुक सवैमा शुभकामना ब्यक्त ब्यक्त गर्नु भएको छ ।
परिवर्तन र शान्तिका लागि रेडियो नारा लिएर सञ्चालनमा रहेको शारदा एफएमले वि.सं.२०६५ फागुन १२ गतेका दिन स्थापना भएपछि जनताका हरेक दुख सुखमा सहकार्य गरिरहेको छ । दैनिक विहान ५ वजे देखि राती १० वर्ष सम्म प्रशारण रहेको शारदा एफएमले समाचारमुलक कार्यक्रम, शिक्षा र मनोरञ्जनका विभिन्न कार्यक्रम सञ्चालन गर्दे आएको छ ।
जारी प्रेस विज्ञप्तीमा भनिएको छ– हाम्रो जस्तो आर्थिक, भौगोलिक एव समाजिक अवस्था भएको देशमा रेडियो नै प्रभावकारी सञ्चार माध्याम हो रेडि यो हो । आम नागरिक पहुँचमा सूचना तथा शिक्षाका अन्य सरल, सुलभ माध्यम नभएको हुदा रेडियो जनताले सिक्ने र सिकाउने माध्याम पनि हो । रेडियोमा जनताका रुचि र आवश्यकता विषयवस्तुलाई हामीले प्राथमिकता राखेर काम गर्दे आएका छौ ।
नागरिकलाइ हरेक कुरालाई विश्लेष्ण गर्न सक्ने क्षमता विकास गराउने , शिक्षालाई ब्यवहारिक वनाउन परम्परागत ज्ञानका राम्रा पक्षहरलाई प्रवद्र्धन गर्न तथा नयाँ शिक्षा र प्रविधिलाई नागरिकहरुलमा विस्तार गर्न हालका अवस्थामा रेडियो जस्तो उत्तम विकल्प र माध्याम हाल अरु छैन । रेडियो शारदा जनताको बोली वोल्ने एउटा माध्याम हो । हामीले सल्यानको विकासका लागि सवै संग सहकार्य, खवरदारी र जनताका आवश्यकता पक्षमा आफुलाई उभ्याएका छौ ।
स्थानीय विषयवस्तु हाम्रा प्राथमिकता विषय हुन । उपयोगी र रुचिकर विषयवस्तु उत्पादन र प्रशारण प्रयत्नशिल रहने छौ जारी प्रेस विज्ञप्तीमा भएनिएको छ । रेडियोवाट प्रस्तुत हुने सूचना, विचार, बहस लगायतका समाग्री सन्तुलित, पेशागत मर्यादा भित्र रहेर उत्पादन प्रशारण गरेको र आगामी दिनमा पनि ‘समाचार लगायतका सामग्री’ उत्पादनमा पूर्ण रूपमा स्वतन्त्र र प्रतीवद्ध रहने अध्यक्ष प्रतीक इच्छुक शर्माले जारी गरेको विज्ञप्तीमा उल्लेख गरिएको छ ।
यसैविच आजै सामुदायिक रेडियोको उपयोगिता विषयक अन्तरकृया तथा शुभकामना आदान प्रदान आयोजना गरी स्थापना दिवश मनाईने भएको छ । भर्चुअल माध्यामवाट आयोजना गरिएको कार्यक्रममा संघ,प्रदेश, स्थानीय तहका जनप्रतिनीधि र सरोकारवालाको सहभागिता रहने छ ।