Kakhara सबैको खबर सम्पूर्ण खबर
वाइसीएलको कर्णाली प्रदेशमा रुकुम पश्चिमका १० जना मनोनित

नेकपा माओवादी केन्द्रको युवा भातृ संगठन योङ्ग कम्युनिष्ट लिग वाइसीएलको कर्णाली प्रदेश समितिमा रुकुम पश्चिमका थप १० जना मनोनित भएका छन् । प्रदेश समितिको बैठकले १० जनालाई मनोनित गरेको हो ।

मुसीकोट नगरपालिकाबाट डम्मर थापा, धनमाया बोहरा, चौरजहारी नगरपालिकाबाट लालबहादुर विष्ट र बालकृष्ण बुढाथोकी, आठबीसकोट नगरपालिकाबाट दलजित बटाला र ध्रुव केसी सदस्यमा मनोनित भएका छन् ।

सानीभेरी गाउँपालिकाबाट गोविन्द ओली, गोविन्द बुढाथोकी, त्रिवेणि गाउँपालिकाबाट राजेन्द्र विक र बाँफिकोट गाउँपालिकाबाट जोखबहादुर पुन सन्देशलाई मनोनित गरेको छ । सोही बैठकले प्रदेश आयोग र केन्द्रीय आयोगमा समेत सदस्य मनोनितको सिफारिस गरेको छ ।

प्रदेश आयोगमा मुसीकोट बाँफिकोट गाउँपालिकाबाट सौरव केसी, चौरजहारी नगरपालिकाबाट अमर केसी र सानीभेरी गाउँपालिकाबाट बालकृष्ण विक  परेका छन् । केन्द्रीय आयोगमा मुसीकोट नगरपालिकाबाट विष्णु ओली, चौरजहारी नगरपालिकाबाट रामबहादुर विष्ट र आठबीसकोट नगरपालिकाबाट सन्देश विक परेका छन् । 
 

प्रकाशित मिति: बिहीबार, फागुन १२, २०७८  १५:४७
प्रतिक्रिया दिनुहोस्
Weather Update