नेकपा एमाले रुकुम पश्चिमको दोस्रो पूर्ण बैठकले पार्टी भित्र १२ वटा विभाग गठन गरेको छ । विभाग गठन गरी एमालेले विभाग प्रमुख र उपप्रमुख समेत तोकेको छ । एमालेले आर्थिक विभाग, प्रचार, सहकारी, संगठन, सामाजिक, कानून तथा न्याय विभाग बनाएको छ ।
यसैगरी उद्योग वाणिज्य, निर्वाचन विभाग, शिक्षा तथा मानव विकास, पार्टी स्कूल विभाग, स्थानीय तह विभाग र कृषि तथा भूमी सुधार विभाग पनि एमाले रुकुम पश्चिमले गठन गरेको छ । जिल्ला कमिटि बैठकको प्रस्तावमा सचिवालय कमिटिले विभाग प्रमुख÷उपप्रमुख तोकेको उप सचिव गणेश सुनारले जानकारी दिनुभयो ।
एमालेले आर्थिक विभाग प्रमुखमा पहलबहादुर खड्का र उपप्रमुखमा चन्द्रिका महतरालाई तोकेको छ । प्रचार विभाग प्रमुखमा कर्णबहादुर ओली, उपप्रमुखमा मिजास मल्ल, सहकारी विभाग प्रमुखमा डण्डी कार्की र उपप्रमुखमा टोपेन्द्र हमाल तोकिएका छन् ।
संगठन विभाग प्रमुखमा शशिराम नेपाली र उपप्रमुखमा पदम खड्का, सामाजिक विभागमा गणेश अधिकार प्रमुख र जगविर खड्का उपप्रमुख तोकिएका छन् । न्याय तथा कानून विभाग प्रमुखमा रचना मल्ल, उपप्रमुखमा विरेन्द्र मल्ल तोकिदा उद्योग वाणिज्य विभागमा हिमप्रसाद शर्मा र हरिबहादुर खड्का तोकिएका छन् ।
निर्वाचन विभागमा मनविर घर्ती र भिमप्रसाद लामिछाने, शिक्षा तथा मानव विकास प्रमुखमा अमृत सुनार र उपप्रमुखमा निर्मलप्रकाश मल्ल तोकिएका छन् । स्कूल विभाग प्रमुखमा नन्दराम देवकोटा उप्रमुखमा शिवकुमार शर्मा चयन भएका छन् ।
स्थानीय तह विभाग प्रमुखमा केदार गौतम उपप्रमुखमा भद्राकुमारी खड्का चयन हुँदा कृषि तथा भूमी सुधार विभागको प्रमुखकको जिम्मेवारी गणेशबहादुर केसी र उपप्रमुखको जिम्मेवारी लालसिङ ओलीलाई दिइएको छ ।