Kakhara सबैको खबर सम्पूर्ण खबर
एमसीसीको विरोधमा जिल्ला प्रशासन कार्यालय घेराउ

मिलिनियम च्यालेन्ज कर्पोरेशन एमसीसीको विरोधमा जिल्ला प्रशासन कार्यालय रुकुम पश्चिम घेराउ गरिएको छ । नेत्रविक्रम चन्द विप्लप नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीले आज दिउँसो जिल्ला प्रशासन कार्यालय घेराउ गरेको हो । बजार परिक्रममा गरेर जिल्ला प्रशासन कार्यालयको गेटमा पुगेका नेकपाका कार्यकर्ताले केही समय धर्ना दिएका थिए ।

धर्ना कार्यक्रमलाई नेकपाका जिल्ला इन्चार्ज डिल्लीराज शर्मा, जिल्ला सेक्रेटरी चन्द्रबहादुर बुढा लगायतले सम्बोधन गरेका थिए । सम्बोधनका क्रममा उनिहरुले एमसीसी राष्ट्रघाती सम्झौता भएको भन्दै यो कार्यान्वन नगर्न चेतावनी दिएका छन् । जनता र देशका लागि एमसीसी गलत नियतका साथ ल्याइएको भन्दै उनिहरुले यो नसच्चिए आन्दोलन थप सशक्त हुने उनिहरुको चेतावनी दिए । 
 

प्रकाशित मिति: बिहीबार, फागुन १२, २०७८  १६:२५
प्रतिक्रिया दिनुहोस्
Weather Update