Kakhara सबैको खबर सम्पूर्ण खबर
मुसीकोटमा जिल्लाकै ‘सर्वाधिक पुरस्कार’को भलिबल र व्याडमिन्टन हुने
फाइल फाेटाे ।

रुकुम पश्चिमको मुसीकोट नगरपालिकामा खुला अन्तर पालिका स्तरीय भलिबल प्रतियोगिता हुने भएको छ । रुकुम पश्चिम भलिबल प्रशिक्षण केन्द्रले आगामि चैत्र ५ देखि १० गतेसम्म मुसीकोट नगरपालिका १ खलंगाको बराहटाकुरामा भलिबल प्रतियोगिता गर्न लागेको हो । प्रतियोगितामा ठुलो रकम पुरस्कार राशिमा खर्च हुने देखिएको छ । प्रतियोगिताको विजेताले २ लाख ५० हजार पुरस्कार पाउने छ । उप विजेताले १ लाख ५० हजार पुरस्कार पाउँदा सेमिफाईनलमा पुग्ने २ टीमले ५०/५० हजार नगद पुरस्कार पाउने आयोजक समितिका अध्यक्ष तेज बुढाले जानकारी दिनुभयो ।

त्यस्तै विभिन्न व्यक्तिगत इभेन्टमा पनि पुरस्कार वितरण हुने उहाँले बताउनुभयो । वेष्ट प्लेयरले १० हजार तथा वेस्ट स्पाइकर, वेष्ट लिवोरो, वेष्ट लिप्टर, वेष्ट व्लकर र वेष्ट क्विकरले जनही ५÷५ हजार पुरस्कार पाउने आयोजकले जनाएको छ । आयोजकका अनुसार यो प्रतियोगिताको पुरस्कारमा मात्र ५ लाख ३५ हजार खर्च हुने छ । भलिबलमा २ जना पालिका भन्दा बाहिरका खेलाडी राख्न पाईने नियम आयोजकले बनाएको छ । आयोजकले यो प्रतियोगितालाई जिल्लाकै अहिलेसम्मको सर्वाधिक परस्कार राशिको भएको दाबी गरेको छ ।  

त्यस्तै खुला व्याडमिन्टन प्रतियोगिता समेत आयोजना गरिएको छ । प्रथम पुरस्कार १ लाख राखेर प्रतियोगिता आयोजना गरिएको छ । व्याडमिन्टनको दोस्रोले ५० हजार पुरस्कार पाउँदा सेमिफाईनलसम्म पुग्ने २ जोडिले २०÷२० हजार पुरस्कार पाउँने आयोजकले जनाएको छ । व्याडमिन्टन पनि जिल्लाकै अहिलेसम्मको सर्वाधिक ठुलो रहेको आयोजकको भनाई छ । यसैविच जिल्लामा खेल हेर्नका लागि पहिलो पटक टिकटको व्यवस्था गरिएको छ । राष्ट्रिय स्तरका खेलाडि समेत आउने भएकाले १ सय रुपैंया टिकटको व्यवस्था गरिएको अध्यक्ष बुढाले बताउनुभयो ।    


 

प्रकाशित मिति: बिहीबार, फागुन १२, २०७८  १७:५१
प्रतिक्रिया दिनुहोस्
Weather Update