रुकुम पश्चिमको सदरमुकाम समेत रहेको मुसिकोट खलंगा बजारमा भइरहेको अव्यवस्थित यातायातका साधन पार्किङले नागरिकलाई समस्या भएको छ । मुसिकोट खलंगाबाट जिल्ला बाहिरिने र जिल्ला भित्रिने तथा खलंगा बजारसम्म मात्रैका लागि आएका साधनको पाकिङ व्यवस्थित छैन ।
बजारमा मान्छेको पनि उतिकै चहलपहल हुन्छ । मुसिकोटको बागबजार त्रिवेनी चोक लगाएत बजार क्षेत्र मा अव्यवस्थित तरिकाले फराकिलो सडक नभएको ठाउँ मा पनि सवारी साधन पार्किङ गर्ने गरिएको छ । सडक फराकिलो नहुँदा र चहलपहल पनि धेरै हुनेहुँदा विद्यार्थीलाई झनै दुर्घटनाको जोखिम बढ्दै गएको स्थानीय रामबहादुर खड्काले बताउनुभयो ।
तस्तै जथाभावी सवारी साधन पार्किङ गर्नाले सडकमा हिड्ने सर्बसाधारण लगायत सबै लाई समस्या हुने गरेको उहाँले बताउनुभयो । जिल्ला प्रसान कार्यालय रुकुम पश्चिमले भने सडक छेउ छाउमा पार्किङ गरेर राखिएका सवारीका साधनहरु अहिले तत्काल नै आफै घर लिएर राख भन्ने अवस्था नभएको बताएको छ ।
बसपार्क बनी सकेको छैन । बसपार्क निर्माणपछि मात्रै अव्यवस्थित पार्किङको समस्या हल हुने प्रमुख जिल्ला अधिकारी परमानन्द घिमिरेले बताउनुभयो । बसपार्क बन्ने प्रक्रिया अगाडि बढिसकेकाले बसपार्क बनेपछि पार्किङ व्यवस्थित हुने प्रजिअ घिमिरेले बताउनुभयो । मुसिकोट नगरपालिकाले यस अघि नै सडक को छेउ छाउमा राखिएका निर्माण सामग्री हटाउन र जथाभावी पार्किङ नगर्न निर्देशन दिई सकेको छ ।