Kakhara सबैको खबर सम्पूर्ण खबर
छोरी बुहारीले गरे क्रिया
क्रिया बसेका कल्पना र मनकुमारी ।

रुकुम पूर्वको भूमे गाउँपालिका ९, को एक घरका छोरी र बुहारीले क्रिया गरेका छन् । चुनवाङका ७१ वर्षीय कर्णबहादुर विष्टको मृत्यु भएपछि विष्टकी छोरी कल्पना विष्ट ओली र बुहारी मनकुमारी बुढा विष्टले काजक्रियाको काम गरिरहनु भएको हो । नेपालगञ्ज उपचारका क्रममा पुष १७ गते कर्णबहादुरको मृत्यु भएको थियो ।

कर्णबहादुरको अन्तिम संस्कारदेखि काजक्रियाका सबै कर्म कल्पना र मनकुमारीले गरिरहनु भएको हो । कल्पना क्रिया बसेर हरेक कर्ममा सहभागि भइरहनु भएको छ भने मनकुमारी ठाडो क्रिया बसिरहनुभएको छ । महिलाले काजक्रिया र त्यसको कर्म गर्नुहुन्न भन्ने मान्यता समाजमा रहिरहेको सन्दर्भमा कल्पना र मनकुमारीले भने आफै काजक्रियाको कर्म गरिरहनु भएको हो । काजिक्रियाको अन्तिम कर्म पुष २६ गते सकिने हो । 

मनकुमारी भूमे गाउँपालिका उपाध्यक्ष समेत हुनुहुन्छ । उहाँका श्रीमान मष्त विष्टको प्रहरीले हत्या गरेको थियो । कर्णबहादुरका एक छोरी र एक छोरा हुनुहुन्थ्यो । कर्णबहादुरका छोरा मष्त यस अघि नै सहिद भएपछि एक छोरी र बुहारी काजक्रिया र अरु कर्ममा सहभागि हुनु भएको हो ।

छोरा, छोरी र बुहारी समान भएकाले आमा बाबुको काजक्रिया र अरु कर्ममा छोरी र बुहारी सहभागि भएको मनकुमारीले बताउनुभयो । अनेक बाहानामा छोरी बुहारीलाई कमजोर बनाउने गरी बसाइएका कतिपय सामाजिक चलनका विरुद्ध कल्पना र मनकुमारीको काम प्रेरणादायी तथा सह्रानिय भएको स्थानीयले बताएका छन् ।

प्रकाशित मिति: शनिबार, पुस २५, २०७७  १८:२२
प्रतिक्रिया दिनुहोस्
Weather Update