पाखापानीमा खानेपानीको काम अन्तिम चरणमा
भिमबहादुर बुढा
रुकुम पश्चिम मुसिकोट नगरपालिका ८ पाखापानीमा खानेपानीको काम अन्तिम चरणमा पुगेको छ । लामो समयदेखि खानेपानीको लागि समस्या झेल्दै आएका पाखापानीबासी घर अगाडी पानी पुग्ने भएपछि हर्षित भएका छन ।
गाउँदेखि करिब ३ मिटर तल घट्याङखोलाबाट लिफ्टिङ द्वारा गाउँमा पानी पुर्याउन लागिएको हो । सहरी पुर्वाधार विकास परियोजनाको २० लाख आर्थिक सहयोगबाट काम सम्पन्न हुन लागेको वडा सदस्य लोकबहादुर बुढाले जानकारी दिनुभएको हो । पानी पुगेपछि १३ घरधुरी लाभान्वित हुने भएका छन ।
प्रकाशित मिति: शुक्रबार, फागुन १३, २०७८ १८:२२
प्रतिक्रिया दिनुहोस्