रुकुम पश्चिमको मुसिकोट नगरपालिका वडा नम्बर १० मा नेपाल दलित मुक्ति मोर्चाको वडा भेला सम्पन्न भएको छ । उक्त वडा भेला बाट शसिराम सुनार को अध्यक्षतामा २७ सदस्यीय वडा समिति गठन गरिएको छ । जसको उपाध्यक्षमा पवित्रा विक सचिवमा मिना विक, सह सचिवमा गोपाल सोनी र कोषाध्यक्षमा तुलसा सुनार चयन भएका छन ।
दलित महिला वडा सदस्य शोभा परियार अध्यक्षतामा भएको भेलामा नेपाल दलित मुक्ति मोर्चा जि ला समन्वय समिति संयोजक लालबहादुर सेर्पाली, नेपाल कम्युनिस्ट पार्टी माओवादी केन्द्र कर्णाली प्रदेश समिति सदस्य श्री कुमार कठायत मुसिकोट नगर समिति कोषाध्यक्ष जोखिमाया कठायत, नगर समिति सदस्य, धनबहादुर खड्का, विभाग संयाजक टेकबहादुर कठायतको आतिथ्यता रहेको थियो ।
नेपाल दलित मुक्ति मोर्चा नगर समिति अध्यक्ष सुशील विश्वककर्मा सचिव निर्मला विक कोषाध्यक्ष चन्द्र बहादुर विक त्यसैगरी नेपाल कम्युनिस्ट पार्टी माओवादी केन्द्र वडा समिति अध्यक्ष जीतबहादुर खड्का सचिव अविनाश विक र कोषाध्यक्ष निस्ठा महर लगायतको आतिथ्यता रहेको थियो ।
कार्यक्रमको सन्चालन वडा इन्चार्ज हरिभान सुनारले गर्नु भएको थियो । उक्त कार्यक्रमको अवसर पारी २०७४ सालको स्थानीय तहको निर्वाचनमा नेकपा एमालेबाट दलित महिला वडा सदस्यकी उम्मेदवार कमला कुमाखी नेकपा माओवादी केन्द्रमा प्रवेश गर्नुभएको छ ।