Kakhara सबैको खबर सम्पूर्ण खबर
रुकुम पश्चिम सहित कर्णालीका ४ जिल्लाले पाए नेपाल क्रिकेट संघको मान्यता 
धनगढीमा जारी नेपाल क्रिकेट संघकाे वार्षिक साधारण सभा ।

नेपाल क्रिकेट संघले रुकुम पश्चिम सहित कर्णाली प्रदेशका ४ जिल्लालाई मान्यता दिएको छ । नेपाल क्रिकेट संघको असाेज २१ गतेको बैठकले रुकुम पश्चिम सहित सल्यान, दैलेख र कालिकोटलाई मान्यता दिने निर्णय गरेको थियो । तर उक्त निर्णय पारित हुन बाँकी थियो ।

सदुरपश्चिम प्रदेशको कैलालीको धनगढीमा आजबाट सुरु भएको नेपाल क्रिकेट संघको वार्षिक साधारणसभाले उक्त निर्णयलाई पारित गरेसंगै रुकुम पश्चिम सहित सल्यान, कालिकोट र दैलेख नेपाल क्रिकेट संघको आधिकारिक जिल्ला बनेका हुन् । रुकुम पश्चिममा २०७२ सालमा संघ गठन गरी क्रिकेट गतिविधि सुरु भएको थियो । स्थापना भएको ६ वर्षपछि जिल्ला क्रिकेट संघ रुकुम पश्चिमले नेपालको क्रिकेटको आधिकारिक निकाय नेपाल क्रिकेट संघको आधिकारिक जिल्ला बनेको हो ।

अव जिल्लामा क्रिकेट गतिविधिमा बृद्धि हुने विश्वास गरिएको जिल्ला क्रिकेट संघका अध्यक्ष दिपक बाँठामगरले बताउनुभयो । वर्षौ देखिको सपना आज आएर पुरा भएको उहाँले बताउनुभयो । यो निर्णय रुकुम पश्चिम जस्ता जिल्लाको क्रिकेट विकासका लागि कोशेढुंगा सावित हुनसक्ने विश्वास उहाँको छ । रुकुम पश्चिमले अहिलेसम्म विभिन्न निकायबाट सहयोग जुटाएर क्रिकेट गतिविधि गर्दै आएको छ ।    
 

प्रकाशित मिति: शुक्रबार, फागुन १३, २०७८  २१:३२
प्रतिक्रिया दिनुहोस्
Weather Update