Kakhara सबैको खबर सम्पूर्ण खबर
सिस्नेबासीले गाउँमै पाए जेष्ठ नागरिक र अपांगता परिचय पत्र

रुकुम पूर्वको सिस्ने गाउँपालिकाले १ नम्बर वडामा शिविर मार्फत विभिन्न परिचय पत्र वितरण गरेको छ । १२ र १३ गते १ नम्बर वडामै पुगेर जेष्ठ नागरिक परिचय पत्र, अपांगता परिचय पत्र प्रदान गरिएको हो । शिविर मार्फत नै एमबीबीएस डाक्टरको उपस्थितिमा सर्वसाधारणको स्वास्थ्य परीक्षण पनि गरिएको छ ।

गाउँपालिका उपाध्यक्ष गोबरधन बुढाका अनुसार ३८ जनालाई जेष्ठ नागरिक परिचय पत्र प्रदान गरिएको छ । २७ जनाले अपांगता परिचय  पत्र पाएका छन् । ८३ जनाको स्वास्थ्य परीक्षण गरिएको छ । जसमा ३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । गाउँपालिका केन्द्र सम्म आएर परिचय पत्र बनाउन नसक्नेहरुलाई लक्षित गरी शिविर लिएर सम्बन्धित वडामा पुगेको उपाध्यक्ष बुढाले बताउनुभयो ।

उपाध्यक्ष बुढा नेतृत्वको एउटा टोली शिविर सञ्चालनका लागि सिस्ने गएको थियो । शिविरमा जिल्ला अस्पतालका डाक्टर पूर्णबहादुर पुन, गाउँपालिकाको शिक्षा, युवा तथा खेलकुद शाखा प्रमुख मंगलसिङ बुढा लगायतको टोली खटिएको थियो । फागुन १० गते २ नम्बर वडाको नायगाडमा शिविर सञ्चालन गरिएको थियो । 

प्रकाशित मिति: शनिबार, फागुन १४, २०७८  ०८:४१
प्रतिक्रिया दिनुहोस्
Weather Update