आधारभूत रेडियो पत्रकारिता उद्घोषण तथा प्राविधिक तालिम उद्घाटन गरेएको छ । रेडियो पूर्वी रुकुम १००३.२मेगार्जको आयोजना तथा सिस्ने, भूमे तथा पुथाउत्तरगंगा गाउँपालिकाको आर्थिक सहयोग, प्रेस सेन्टर नेपाल रुकुम ९पूर्व० को समन्वय दिने आधारभूत पत्रकारिता तथा प्राविधिक तालिमको उद्घाटन गरिएको हो ।
सिस्ने गाउँपालिका वडा नंम्बर ५ को काजिन्दामा तालिम सञ्चालन भइ रहेको छ । तालिममा रुकुम पूर्वका ३ स्थानीय तह सिस्ने,भूमे, पुथाउत्तरगंगा गाउँपालिकाका ४२ जनाको सहभागिता रहेको छ । तालिमको पूर्व आपूर्ती मन्त्रि तथा नेकपा माओवादी केन्द्रका केन्द्रिय सदस्य गनेशमान पुनले पानसमा बत्ति बालेर तथा ब्यानर पढेर उद्धघाटन गर्नुभयो ।
२१ गते सम्म सञ्चालन हुने तालिममा पत्रकारिता,पत्रकारिताको महत्त्व, समचार भनेको के हो, समाचार कसरी लेख्ने,समाचार कसरी चिन्ने, रेडियोमा प्राविधिको महत्त्व,लगाएतका विषयमा सिकाईने रेडियो पूर्वी रुकुमका अध्यक्ष लाल बहादुर बिड्डसी ले जानकारी दिनु भयो ।
जिल्लामा पत्रकारको संख्या कम भएको र नयाँ मानिस यस क्षेत्रमा नआइरहेको बेलामा रेडियोले नयाँ पत्रकार उत्पादनको लक्ष्य सहित तालिमको आयोजना गरेको रेडियोका स्टेसन म्यानेजर गनेश ओलीले जानकारी दिनुभयो । तालिममा रुकुम पूर्वका ३१ वडाबाटै सहभागीहरु आएका छन् । तालिमको सहजिकरण रुकुम पूर्व र पश्चिमका पत्रकारहरुले गर्नुहुने बताईएको छ ।
रेडियो पूर्वी रुकुमका स्टेसन म्यानेजर गणेश वलीको अध्यक्षता रहेको तालिममा पूर्व आपुर्ति मन्त्री तथा नकपा केन्द्रका केन्द्रिय सदस्य पुनको प्रमुख आतिथ्यता रहेको थियो । त्यस्तै तालिममा सिस्ने गाउँपालिका प्रवक्ता तथा सिस्ने गाउँपालिका वडा नंम्बर २का वडा अध्यक्ष जिवन के सी, रेडियो पूर्वी रुकुमका अध्यक्ष विसी नेपाल पत्रकार महासंघका अध्यक्ष लक्ष्मन केसीकाे आतिथ्यता रहेकाे थियाे ।
नेकपा माओवादी सिस्ने गाउँपालिका इन्चार्ज कृष्ण रेग्मी, अनेरास्ववियू क्रान्तकारीका जिल्ला अध्यक्ष रेबन खड्का रेडियो सञ्चालक समिति सदस्य नमिता पुन,सिस्ने गाउँपालिका उद्यम विकास सहजकर्ता मदन बिड्डसी, लगायतको उपस्थिति रहेको थियो । रेडियो पूर्वी रुकुमका लेखा मिना केसीको स्वागत मन्तव्य रहेको कार्यक्रमको सञ्चालन प्राविधिक प्रमुख बसन्त बाँठा मगरले गर्नुभएको थियो ।