अनेरास्ववीयू क्रान्तिकारी आठविसकोट नगरपालिका रुकुम पश्चिमले सहिद सप्ताहको अवसरमा पालिका भित्र रहेका वद्यिालय स्तरिय हाजिर जवाफ प्रतियोगिता सम्पन्न गरेको छ । संगठनको तेस्रो पुर्ण बैठकले सहिद सप्ताहको अवसरमा हाजिर जवाफ प्रतियोगिता गर्ने निर्णय गरेको थियो ।
प्रतियोगितामा सहिद स्मृति नमुना माध्यामिक विद्यालय वडा नम्बर ९ ले प्रथम स्थान हासिल गर्दै ६ हजार नगत पुरस्कार पाएको छ । त्यस्तै वडा नम्बर ११ मा रहेको नेपाल राष्ट्रिय माध्यामिक बिद्यालय गतसैना दोस्रो हुँदै ४ हजार र हिमालय माध्यामिक विद्यालय वडा नम्बर ३ तेस्रो हुँदै २ हजार पुरस्कार पाएको छ । कार्यक्रममा माओवादी केन्द्रका नेता जनक वटलाको प्रमुख आतिथ्यता रहेको थियो ।
त्यस्तै अनेरास्ववीयू क्रान्तिकारीका केन्द्रिय सदस्य जीवन खड्का, जिल्ला समिति सचिव तथा नगर ईञ्चार्ज खुमराज ओली लगायतको आतिथ्यता रहेको थियो । प्रतियोगितामा १० वटा विद्यालयको सहभागिता रहेको थियो । संगठनका नगर समिति अध्यक्ष जनक खत्रीको अध्यक्षतामा भएको कार्यक्रमा कोषाध्यक्ष दिपा केसीको स्वागत मन्तव्य रहेको थियो । भने कार्यक्रमको संचालन सचिव दिपक केसीले गर्नुभएको थियो ।