Kakhara सबैको खबर सम्पूर्ण खबर
सहकारी लेखा व्यवस्थापन सम्बन्धी तालिम सुरु

रुकुम पूर्वको सिस्ने गाउँपालिका वडा ६ छिप्रीदहमा सहकारी लेखा व्यवस्थापन सम्बन्धि ६ दिने तालिमको उद्घाटन गरिएको छ । जिल्ला सहकारकी संघ रुकुम पुर्वको समन्वय तथा आर्थिक मामिला तथा सहकारी मन्त्रालय सहकारी प्रशिक्षालय बाँकेको आयोजनामा ६ दिने तालिमको आयोजना गरिएको हो । तालिमको प्रमुख अथिति सिस्ने गाउँपालिका अध्यक्ष कुमारी बरालले पानसमा बत्ती बालेर तालिमको उद्घाटन गर्नु भएको हो ।

तालिममा रुकुम पूर्वका तीन स्थानीय तहका विभिन्न सहकारीमा आबद्द २४ जना कर्मचारीको उपस्थिति रहेको छ । ६ दिन सम्म सञ्चालित हुने तालिममा लेखाको अवधारणा परिचय महत्त्व, सहकारी हिसाबको संकेत नंम्बर अनुसार भौचर, सहकारी संघमा ह्रास कट्टी विधी र लेखाङ्कन तरिका लगायका विषयमा सिचाईने मामिला तथा सहकारी मन्त्रालय बाँकेका प्राचार्य बिनोद कुमार पौडेलले जानकारी दिनु भयो ।

सहकारीका प्रशिक्षक विश्वलाल खड्का र गोपाल पौडेलेद्दारा तालिमको सहगिकरण गराईने बताईएको छ । आर्थिक मामिला तथा सहकारी मन्त्रालय सहकारी प्रशिक्षालय बाँकेका प्राचार्य बिनोद कुमार पौडेल अध्यक्षतामा बाट सुरु भएको कार्यक्रममा सिस्ने गाउँपालिका अध्यक्ष बराल, जिल्ला सहकारी संघ रुकुम पुर्वका अध्यक्ष बसन्त कुमार श्रेष्ठकाे आतिथ्यता रहेकाे थियाे

 

प्रकाशित मिति: आइतबार, फागुन १५, २०७८  १२:५४
प्रतिक्रिया दिनुहोस्
Weather Update