प्रेस सेन्टर नेपालका केन्द्रीय अध्यक्ष बिष्णु सापकोटा जुगलले प्रेस सेन्टर नेपालको केन्द्रीय समितिले छिट्टै पूर्णता पाउने बताउनुभएको छ । प्रेस सेन्टर नेपाल जिल्ला समन्वय समिति रुकम पश्चिमले जिल्ला सदरमुकाम मुसीकोटमा आयोजना गरेको प्रशिक्षण कार्यक्रममा बोल्दै उहाँले यस्तो बताउनुभएको हो । विभिन्न कारणले केन्द्रिय समितिको बैठक बस्न नसक्दा पदाधिकारीहरुको टुंगो लाग्न बाँकी रहेको र अव यसै महिना भित्रमा पदाधिकारीको रिक्ततालाई पुर्ति गर्ने उहाँले बताउनुभयो ।
अन्य कुनै कारणले नभई केन्द्रिय समितिको बैठकमा ढिलाई भएकोले केन्द्रिय समितिले पूर्णता पाउन बाँकी रहेको उहाँको भनाई थियो । चितवनमा गत मंशिर १८ र १९ गते भएको संगठनको राष्ट्रिय महाधिवेशनले अध्यक्ष सहित १ सय ९३ सदस्यीय समिति बनाएको थियो । अन्य पदाधिकारी भने अझैसम्म पनि चयन हुन सकेका छैनन् ।