रुकुम पश्चिमको सदरमुकाम मुसीकोटमा जारी खुला पुरुष डबल ब्याडमिन्टन प्रतियोगिताको सेमिफाईनल समिकरण पुरा भएको छ । आज क्वाटरफाईनलका खेल सम्पन्न भएसंगै सेमिफाईनलमा पुग्ने चार टिमको टुंगो लागेको हो । सेमिफाईनलमा अनिल बुढा र ध्रुवविक्रम थापा, डम्बर थापा र भावेश बोहरा, कबिन्द पुन र हेमन्त रोकाय तथा बिशाल बिष्ट र अविनाश केसीको जोडिले स्थान पक्का गरेका छन् । यि सबै जोडि रुकुम पश्चिमका हुन् ।
अनिल र ध्रुवको जोडिले क्वाटरफाईनलमा जाजरकोटको मनिष गुरुङ र निराजनविक्रम शाही, डम्बर र भावेशको जोडिले रुकुम पश्चिमकै सुनिल शाह र सुधिर शाहको जोडि, कबिन्द्र र हेमन्तको जोडि जिल्लाकै प्रशान्त महतारा र सुजन श्रेष्ठको जोडि तथा बिशाल र अविनाशको जोडि सल्यानको नसिव श्रेष्ठ र मनोज सिंह जोडिलाई पराजित गर्दै सेमिफाईनल प्रवेश गरेका हुन् । अव फाइनल प्रवेशका लागि अनिल र ध्रुवकाे जाेडिले विशाल र अविनाश तथा डम्बर र भावेशकाे जाेडिले कबिन्द्र र हेमन्तकाे जाेडि संग प्रतिस्प्रधा गर्ने छ ।
प्रतियोगिताको सेमिफाईनल र फाईनल खेल भोली हुने आयोजक सिर्जनशिल युवा सञ्जाल–नेपालले जनाएको छ । प्रतियोगिताको विजेता जोडीले २१ हजार १ सय २१ रुपैयाँको साथमा मेडल र प्रमाण पत्र प्राप्त गर्नेछ । उपविजेता जोडीले ११ हजार १ सय ११ रुपैयाँको साथमा मेडल र प्रमाण पत्र पाउँदा सेमी फाइनलसम्म पुग्ने दुई जोडीले ५ हजार ५ सय ५५ रुपैयाँ नगदको साथमा मेडल र प्रमाण पत्र प्राप्त गर्नेछन् ।
ब्याडमिन्टन खेलको प्रबद्र्धनका लागि प्रतियोगिता आयोजना गरिएको आयोजक संस्थाका अध्यक्ष अध्यक्ष विशाल विष्टले बताउनुभयो ।प्रतियोगितामा रुकुम पश्चिम, पूर्व, जाजरकोट, रोल्पा र सल्यानका गरी ५४ टिमले सहभागिता जनाएका थिए । जसमा रुकुम पश्चिमका मात्र ४४ वटा टिम थिए ।