जिल्ला ट्राफिक प्रहरी कार्यालय रुकुम पूर्वले बितेका तीन आर्थिक वर्षमा २४ लाख ८७ हजार रुपैयाँ राजश्व संकलन गरेको छ । २०७६/०७७ देखि ०७८/०७९ फाल्गुन १० गते सम्म २४ लाख ८७ हजार रुपैयाँ राजश्व संकलन गरेको हो । पहिलो बितेको आर्थिक वर्ष २०७६/०७७ मा सात सय ५१ वटा सवारी कारबाहीबाट ५ लाख २३ हजार पाँच सय रुपैयाँ, राजश्व संकलन भएको छ ।
२ सय ७२ वटा ठुलो सवारी साधन बस, ट्रक, र ट्याक्टरबाट १ लाख ९० हजार पाँच सय रुपैयाँ, संकलन भएको छ । १ सय ४५ साना सवारी साधन कार,जिप, र भ्यानबाट १ लाख १७ हजार रुपैयाँ, र ३ सय १५ मोटर साईकल बाट २ लाख १६ हजार रुपैयाँ राजश्व संकलन भएको छ ।
त्यस्तै बितेको आर्थिक वर्ष २०७७/०७८ मा १२ सय ८५ वटा सवारी साधन कारबाहीबाट ९ लाख ८० हजार राजश्व संकलन गरिएको जिल्ला ट्राफिक कार्यालय रुकुम पूर्वले जनाएको छ । ३ सय ३९ वटा ठुला सवारी साधनबाट २ लाख ५३ हजार पाँच सय रूपैयाँ, ३ सय ४४ वटा साना सवारी साधनबाट २ लाख ७१ हजार पाँच सय रुपैयाँ राजश्व संकलन गरिएको छ ।
त्यस्तै ६ सय २ वटा मोटर साईकलबाट ४ लाख ५५ हजार रुपैयाँ संकलन गरिएको जिल्ला ट्राफिक कार्यालय रुकुम पुर्वका इन्चार्ज ज्ञानबहादुर खत्रीले जानकारी दिनु भयो । यस्तै आर्थिक वर्ष २०७८/०७९ को फाल्गुन १० गते सम्म १ हजार ७३ वटा सवारी कारबाहीबाट ९ लाख ८३ हजार पाँच सय रुपैयाँ राजश्व संकलन गरिएको छ । बितेका तीन आर्थिक वर्ष मध्यको यो सबै भन्दा बढी राजश्व संकलन भएको जिल्ला ट्राफिक कार्यालय रुकुम पूर्वका इन्चार्ज खत्रीले बताउनुभयो ।
१ सय १७ वटा ठुला सवारी साधन १ लाख ९ हजार रुपैयाँ, संकलन गरिएको छ । त्यस्तै ४ सय ५२ वटा साना सवारी साधनबाट ४ लाख ३६ हजार रुपैयाँ र ४ सय पाँच वटा मोटर साईकल कारबाहीबाट ४ लाख ३८ पाँच सय रुपैयाँ संकलन गरेको जिल्ला ट्राफिक कार्यालय रुकुम पूर्वले जनाएको छ । सबै भन्दा बढी मोटर साईकल र सबै भन्दा कम ठुला सवारीका साधन कारबाहिमा परेका छन् ।