रुकुम पश्चिममा पनि बन्दको प्रभाव
रुकुम पश्चिममा पनि बन्दको प्रभाव परेको छ । विशेष गरी जिल्ला सदरमुकाम तथा मुख्य बजार क्षेत्रमा बन्दको प्रभाव परेको छ । नेत्रविक्रम चन्द विप्लप नेतृत्वको नेकपा र अरु विभिन्न राजनीतिक दलले एमसीसी पारीत गरेको विरोधमा बन्दको आह्वान गरेका हुन् ।
जिल्ला सदरमुकाम खलंगा बजार पूर्ण ठप्प छ भने उद्योगधन्दा, कलकाराखाना चलेका छैनन् । सार्वजनिक र निजि सवारी साधन पनि सडकमा देखिएका छैनन् । जिल्ला सदरमुकाम आउने र सदरमुकामबाट गाउँ तथा सहर,बजार छिर्ने सवारीका साधन पनि चलेका छैनन् । राष्ट्रघाती सम्झौता गरिएको र त्यो खारेज गर्नुपर्ने माग सहित नेपाल बन्दको आह्वान गरिएको हो ।
प्रकाशित मिति: सोमबार, फागुन १६, २०७८ १२:१८
प्रतिक्रिया दिनुहोस्