रुकुम पश्चिमको सानीभेरी गाउँपालिकाले लेखनवृत्ति प्रदान गर्ने भएको छ । पत्रकार तथा सञ्चार माध्यमलाई लक्षिात गर्दै लेखनवृत्ति प्रदान गर्ने सम्बन्धिको सूचना गाउँपालिकाले जारी गरेको छ । सानीभेरी गाउँपालिकाका समस्या, जनताका गुनासा तथा विकास निर्माण सम्बन्धिका विषयमा रिपोटिङ गर्न इच्छुक सञ्चार माध्यम तथा सञ्चारकर्मीका लागि लेखनवृत्ति प्रदान गर्ने तयारी गरिएको गाउँपालिकाले जनाएको छ ।
लेखनवृत्ति सम्बन्धिको सूचना जारी गरी गाउँपालिकाले १५ दिन भित्र इच्छुक सञ्चार माध्यम तथा सञ्चारकर्मीलाई सम्पर्क गर्न अनुरोध समेत गरेको छ । लेखनर्वत्ति मार्फत भएका विकास निर्माण, हुनुपर्ने विकास, समस्या र गुनासा सार्वजनिक हुने र तिनै समस्या समाधानका लागि सजिलो होस् भनेर लेखनवृत्ति प्रदान गर्ने योजना रहेको निमित्त प्रमुख प्रशासकीय अधिकृत भूपालसिङ विष्टले बताउनुभयो ।
स्टोरी हेरेर एउटा स्टोरीको ३ हजारदेखि दश हजासम्म लेखनवृत्ति प्रदान गर्ने गरी गाउँपालिकाले तयारी गरेको बताइएको छ । चालु आर्थिक वर्षको नीति, कार्यक्रम तथा बजेटमै यो कार्यक्रम उल्लेख गरेको गाउँपालिकाले अब भने कार्यान्वयन गर्ने तयारी गरेको हो ।