Kakhara सबैको खबर सम्पूर्ण खबर
मुसीकोट नगरको हालसम्मको खर्च झण्डै ३१ प्रतिशत
सभा सञ्चालन गर्दै सभाध्यक्ष देविलाल गौतम ।

रुकुम पश्चिमको मुसीकोट नगरपालिकाले हालसम्म झण्डै ३१ प्रतिशत बजेट खर्च गरेको छ । चालु आर्थिक वर्ष २०७८/०७९ का लागि विनियोजित कुल बजेटको ३० दशमलव ८८ प्रतिशत बजेट खर्च भएको नगरपालिकाले जनाएको छ । नगरपालिकाको हिउँदे अधिवेशनमा उपप्रमुख प्रेमकुमारी सुनारले पेस गर्नुभएको प्रगति प्रतिवेदनमा चालु तर्फ ४८ दशमलव ३१ र पुँजिगततर्फ ७ दशमलव ५५ प्रतिशत बजेट खर्च भएको छ ।

नगरपालिकाले हिउँदे अधिवेशन आयोजना गरी चालु आर्थिक वर्षको हालसम्म भएका प्रगति विवरण सार्वजनिक गरेको हो । उक्त प्रगति प्रतिवेदनमा कुल बजेट ८६ करोड ११ लाख ७३ हजार ८ सय १३ मध्य हालसम्म २६ करोड ५९ लाख, ७० हजार ५ सय ५० रुपैयाँ खर्च भएको छ ।

चालुतर्फ ४९ करोड २९ लाख ९६ हजार ८ सय १३ बजेटमध्य २३ करोड ८१ लाख ५५ हजार ६ सय ९८ बजेट खर्च भएको उपप्रमुख सुनारले पेश गरेको प्रतिवेदनमा उल्लेख छ । ३६ करोड ८१ लाख ७७ हजार पुँजिगततर्फको बजेटमध्य २ करोड ७८ लाख १४ हजार ८ सय ५२ रुपैयाँ मात्रै खर्च भएको प्रगति प्रतिवेदनमा उल्लेख छ ।

नगर सभाले सभामा पेश गरिएको प्रगति प्रतिवेदन समिक्षा सहित पास गरेको छ । सभाध्यक्ष देविलाल गौतमले सञ्चालन गरेको सभाको उद्घाटन जिल्ला समन्वय समिति प्रमुख राजकुमार शर्माले गर्नुभएको थियो । 
 

प्रकाशित मिति: सोमबार, फागुन १६, २०७८  १७:१४
प्रतिक्रिया दिनुहोस्
Weather Update