Kakhara सबैको खबर सम्पूर्ण खबर
मग्मामा शिव मन्दिर निर्माण

रुकुम पश्चिमको बाँफिकोट गाउँपालिका वडा नम्बर ६ मग्गामा शिव मन्दिरको उद्घाटन भएको छ । स्वदेश तथा विदेशमा रहेका नेपालीहरुको सहयोगबाट मग्माको नाउलामा शिव मन्दिर निर्माण भएको हो । मन्दिर गएको मंसिरबाट निर्माण सुरु गरिएको मन्दिर निर्माण समितिका संयोजक शेरबहादुर खत्रीले बताउनुभयो ।

संयोजक खत्रीका अनुसार गाउँका केही समाजसेविको सल्लाह अनुसार मन्दिर बनाउने काम सुरु गरिएको थियो । गाउँमा पूजापाठ गर्ने उद्श्यले गाउँबाट रकम संकलन गरेर निर्माण कार्य सुरु गरेको भएपनि अहिले स्वदेश तथा विदेशमा रहेका नेपालीहरुबाट सहयोग आएको बताईएको छ ।

अहिले पनि मन्दिर निर्माण गर्दा समिति व्ययभार रहेकाले अझै पनि सहयोगी गर्न आग्रह गरिएको छ । ५ हजार भन्दा माथि सहयोग गर्ने सहयोगीदाताको नाम शिलालेखमा लेख्ने निर्माण समितिले जानकारी दिएको छ । मन्दिरमा आईतबार देखि होम महायज्ञ तथा पूजापाठ, पञ्चेबाजासहित गाउंपरिक्रमा गरिएको छ ।

भोलि १७ गते शिवरात्रीको दिन मन्दिरको उद्घाटन तथा आय व्याय प्रस्तुत गर्ने कार्यक्रम रहेको मन्दिर निर्माण समिति सदस्य धनकुमारी रिजालले बताउनुभयो । मन्दिरमा पूजापाठ गर्ने भक्तजनहरु र स्थानीयको भिड लागेको छ ।

प्रकाशित मिति: सोमबार, फागुन १६, २०७८  १७:२२
प्रतिक्रिया दिनुहोस्
Weather Update