Kakhara सबैको खबर सम्पूर्ण खबर
एपिएफलाई हराउदै रुकुम पश्चिमले जित्यो तुलसीपुरमा आयोजित भलिबलको उपाधि
रूकुम पश्चिमकाे टिम ।

लुम्बिनी प्रदेशको राजधानी दाङको तुलसिपुरमा आयोजित खुला पुरुष भलिबल प्रतियोगिताको उपाधि रुकुम पश्चिमले जितेको छ । आज भएको फाईनलमा शसस्त्र प्रहरी बल (एपिएफ)को ५ नम्बर बाहिनीलाई ३–० को सोझो सेटमा पराजित गर्दै रुकुमले उपाधि हात पारेको हो । स्वतन्त्र युवा क्लब तुलसीपुरले अरनिको मैदानमा संचालन गरेको प्रतियोगिताको फाईनलमा रुकुम पश्चिम भलिबल संघले एपिएफलाई २५–२३, २५–१८ र २५–१५ को सोझो सेटमा पाखा लगायो ।

विजेता बनेको रुकुम पश्चिमले नगद ५० हजार सहित कप प्राप्त गरेको छ । त्यस्तै खेलाडिहरुले मेडल र प्रमाणपत्र पनि प्राप्त गरेका छन् । प्रतियोगितामा विभिन्न ठाउँका २१ वटा टिमले प्रतिस्पर्धा गरेका थिए । २३ गतेबाट सुरु भएको प्रतियोगिता आज सम्पन्न भएको हो ।

 

 

प्रकाशित मिति: आइतबार, पुस २६, २०७७  २१:०३
प्रतिक्रिया दिनुहोस्
Weather Update