रुकुम पूर्व अस्पताल विकास समितिको अध्यक्षमा गणेश ओलीलाई मनोनित गरिएको छ । लुम्बिनी प्रदेश सरकारले ओलीलाई अस्पताल विकास समितिको अध्यक्षमा मनोनित गरेको हो । प्रदेश सरकारको स्वास्थ्य मन्त्रालयको फागुन १५ गतेको निर्णय अनुसार ओलीलाई अध्यक्षमा मनोनित गरिएको हो । रुकुम पूर्व सहित प्रदेशका १८ वटा अस्पताल विकास समितिमा अध्यक्ष मनोनित गरिएको हो । सबै जिल्ला अस्पताल, केही आयुर्वेदिक अस्पताल विकास समिति अध्यक्ष मनोनित गरिएको स्वास्थ्य मन्त्रीका स्वकिय सचिव राजेश चौधरीले जानकारी दिनुभयो । दुई प्रादेशिक सहित केही अस्पतालमा अब लगत्तै यो निर्णय हुने चौधरीले जानकारी दिनुभयो ।
सचिव चाैधरीका अनुसार गुल्मी अस्पताल विकास समितिको अध्यक्षमा भरत पाण्डे, बर्दिया अस्पताल विकास समितिको अध्यक्षमा नारायण गौतम, रोल्पा अस्पताल विकास समितिको अध्यक्षमा फविन्द्र आचार्य, पाल्पा अस्पताल विकास समितिको अध्यक्षमा नेत्र पाण्डे, बर्दिया आयुर्वेद अस्पताल विकास समितिको अध्यक्षमा कृष्ण प्रसाद अहिर, पृथ्वीचन्द्र अस्पाल नबलपरासी अस्पताल विकास समितिको अध्यक्षमा महेन्द्र गुप्ता, अर्घाखाँची अस्पताल विकास समितिको अध्यक्षमा कृष्ण प्रसाद खनाल, कपिलबस्तु तौलिहवा अस्पताल विकास समितिको अध्यक्षमा शिवलाल यादव नियुक्त भएका छन् ।
यस्तै गुल्मी आयुर्वेद स्वास्थ्य केन्द्र विकास समितिको अध्यक्षमा धर्मराज पाण्डे, कपिलबस्तु आयुर्वेद अस्पताल विकास समितिको अध्यक्षमा विष्णुप्रसाद पाण्डे, पाल्पा आयुर्वेद स्वास्थ्य केन्द्रको तानसेन विकास समितिको अध्यक्षमा कलम रायमाझी, रामपुर अस्पताल विकास समितिको अध्यक्षमा रामप्रसाद ढकाल, प्यूठान अस्पताल विकास समितिको अध्यक्षमा पितबहादुर महरा क्षेत्री, प्रादेशिक आयुर्वेद चिकित्सालय विजौरीको अध्यक्षमा विष्णुप्रसाद आचार्य, प्यूठान अस्पताल विकास समितिको अध्यक्षमा चन्द्र प्रसाद श्रेष्ठ, भिम अस्पताल भैरहवा अस्पताल विकास समितिको अध्यक्षमा कुल प्रसाद न्यौपाने, रोल्पा आयुर्वेद विकास समितिको अध्यक्षमा झक्कु प्रसाद न्यौपानेलाई नियुक्त भएका छन् ।