Kakhara सबैको खबर सम्पूर्ण खबर
सहिद सप्ताहको अवसरमा हाजिरी जवाफ र वक्तृत्वकला

२७ औं सहिद सप्ताहको अवसरमा आयोजित आधाभूत विद्यालय स्तरीय हाजिरी जवाफ र मावि स्तरीय वक्तृत्वकला सम्पन्न भएको छ । नेपाल कम्युनिष्ट पार्टी माओवादी बाँफिकोटको समन्वय तथा अनेरास्ववियू क्रान्तिकारी बाँफिकोटकाे आयोजनामा आधारभूत विद्यालय स्तरीय हाजिरी जवाफ तथा मावि स्तरीय वक्तृत्वकला सम्पन्न भएको हो ।

सोमबार विरेन्द्र मावि बाँफिकोटमा भएको कार्यक्रममा बाँफिकोट गाउँपालिका भित्रका आधारभूत तथा मावि स्तरीय विद्यालयका विद्यार्थीको सहभागिता रहेको थियो । ‘गणतन्त्र स्थापनामा जनयुद्धको भूमिका’ विषयमा मावि स्तरीय वक्तृत्वकला बाँफिकोट गाउँपालिका वडा नम्बर २ मा रहेको जनकल्याण मावि पिपल प्रथम भएको छ । त्यस्तै बालकल्याण मावि सिम्तारु दोस्रो र भानुभक्त मावि बाँफिकोट १० गाराबाङ्ग तेस्रो भएको छ ।

यस्तै आधारभुत विद्यालय स्तरीय हाजिरी जवाफ प्रतियोगितामा जनकल्याण मावि झुला प्रथम अनु आधारभूत विद्यालय बाँफिकोट ६ स्याला दोस्रो र बाल बिकास आधाभूत बाँफिकोट ५ तेस्रो भएको छ । हाजिरी जवाफ प्रतियोगितामा प्रथम भएको विद्यालयले ४ हजार नगदको साथमा प्रमाण पत्र प्राप्त गरेको छ भने दोस्रो हुनेले ३ हजार ५ सय र तेस्रो हुने विद्यालयले २ हजार ५ सय रुपैयाँ पुरस्कार पाएका छन् ।

वक्तृत्वलामा प्रथम भएको बाँफिकोट २ ले नगद ३ हजार, दोस्रो बाँफिकोट ४ सिम्तारुले नगद २ हजार ५ सय र तेस्रो हुने भानुभक्त मावि बाँफिकोट १० ले १ हजार ५ सय रुपैयाँ पुरस्कार प्राप्त गरेको अनेरास्ववियू क्रान्तिकारी बाँफिकोटका अध्यक्ष टेकराज रसाईले जानकारी दिनु भयो ।

प्रकाशित मिति: मंगलबार, फागुन १७, २०७८  ०६:४२
प्रतिक्रिया दिनुहोस्
Weather Update