अनेरास्ववियू क्रान्तिकारी रुकुम पश्चिम त्रिवेणि गाउँपालिकाले वक्तृत्वकला र हाजिरी जवाफ प्रतियोगिता सञ्चालन गर्ने भएको छ । सहिद सप्ताहको अवसरमा संगठनले फागुन १८ गते विद्यालय स्तरीय हाजिरी जवाफ र वक्तृत्वकला प्रतियोगिता सञ्चालन गर्ने भएको हो ।
प्रतियोगितामा पालिकाका सबै विद्यालयहरुको सहभागिता रहने संगठनले जनाएको छ । वक्तृत्वकलामा प्रत्येक विद्यालयबाट छात्र छात्रा १÷१ जना र हाजिरी जवाफमा २ छात्रा र २ छात्रको सहभागिता रहने छ । वक्तृत्वकलाको शिर्षक संघीय नेपाल निर्माणमा सहिदहरुको भुमिका रहेको छ ।
वक्तृत्वकला प्रतियोगिताको प्रथमले २ हजार ५ सय, दोस्रोले २ हजार र तेस्रो हुनेले १ एक हजार ५ सय पाउँदा हाजिरी जवाफ प्रतियोगितामा प्रथम हुनेले ४ हजार, दोस्रोले ३ हजार र तेस्रो हुनेले २ हजार प्राप्त गर्ने अखिल क्रान्तिकारी त्रिवेणिका अध्यक्ष दिपक रावलले जानकारी दिनुभयो । प्रतियोगिता सहिद प्रतिष्ठानको हल त्रिबेणी २ सिम्रुतुमा हुने अध्यक्ष रावलले बताउनुभयो ।