Kakhara सबैको खबर सम्पूर्ण खबर
बाँफिकोटको नेटामा माओवादी केन्द्रको जनसभा सम्पन्न

नेकपा माओवादी केन्द्रले बाँफिकोट रुकुम पश्चिममा जनसभा कार्यक्रम सम्पन्न गरेको छ । ३, ४ र ५ नम्बर वडाको सयुंक्त आयोजनामा ४ नम्बर वडाको नेटामा जनसभा कार्यक्रम सम्पन्न भएको हो । सोही कार्यक्रममा विभिन्न पार्टी परित्याग गरी ५ जनाले नेकपा माओवादी केन्द्रमा प्रवेश गरेका छन् ।

नेपाली कांग्रेस, एमाले र राप्रपा छाडेर तिलक खत्री, ठगेन्द्र केसी, ललिता विक, सुरज रसाइली र विरभान ओली माओवादी केन्द्रमा प्रवेश गरेका हुन् । उनिहरुलाई माओवादी केन्द्रका नेता तथा जनसभाका प्रमुख अतिथित महेन्द्र केसीले पार्टी प्रवेश गराउनु भएको थियो । सहिद सप्ताहको अवसरमा माओवादी केन्द्र बाँफिकोटले विभिन्न ठाउँमा जनसभा आयोजना गरिरहेको छ ।

पार्टीका गाउँपालिका अध्यक्ष चन्द्रबहादुर केसीले १ नम्बर वडाबाट जनसभा गर्न सुरु गरिएको जानकारी दिनुभयो । ४ वडा वडाको जनसभा सम्पन्न भइसकेको र बाँकी ६ वडाको जनसभा पनि आयोजना गर्ने निर्णय भएको अध्यक्ष केसीले बताउनुभयो । सहिद सप्ताहमा सहिद परिवार सम्मान, जनयुद्धका घाइते, अपांग, पूर्णकालिन कार्यकर्ताको सम्मान, जनसभा लगायातका कार्यक्रम गर्ने निर्णय पार्टीले गरेको थियो । 
 

प्रकाशित मिति: मंगलबार, फागुन १७, २०७८  २०:५०
प्रतिक्रिया दिनुहोस्
Weather Update