रुकुम पश्चिमको मुसीकोट नगरपालिका वडा नम्बर १३ मा १२ जना नेकपा माओवादी केन्द्रमा प्रवेश गरेका छन् । वडामा आज भएको नेपाल दलित मुक्ति मोर्चाको वडा भेला मार्फत नेपाली कांग्रेस र नेकपा एमाले परित्याग गरी १२ जना माओवादी केन्द्रमा प्रवेश गरेका हुन् ।
नेकपा माओवादी केन्द्रका अनुसार पार्टी प्रवेश गर्नेमा नेपाली कांग्रेसका टोल उप सभापति शसिराम कसेरा सहित कांग्रेस कार्यकर्ताहरु शेरवहादुर परियार, भुइलसिंह परियार, तारक वस्याल, देउसरी विक, रामबहादुर खड्का र मनमाया वस्याल रहेका छन् ।
त्यस्तै नेपाली कांग्रेसबाटै श्याम विक, विमला विक, विनिता ददेल, देविलाल विक र नेकपा एमालेका कार्यकर्ता चुडामणि परियार पनि माओवादीमा प्रवेश गरेको बताईएको छ । उनिहरुलाई नेकपा माओवादी केन्द्र रुकुम पश्चिमका संयोजक गोविन्द रोका विज्ञानले पार्टी प्रवेश गराउनुभएको हो ।