रुकुम पश्चिमको त्रिवेणि गाउँपालिका वडा नम्बर ९ को त्रिवेणिमा निर्माण गरिएको शिव मन्दिर उद्घाटन गरिएको छ । मंगलबार शिवरात्रीको अवसर पारेर मन्दिरको उद्घाटन गरिएको हो । मन्दिरको वडाध्यक्ष विरबहादुर डाँगीले उद्घाटन गर्नुभएको हो ।
मन्दिरको उद्घाटन संगै मन्दिरमा आज पुजापाठ समेत गरिएको छ । यो मन्दिर वडाको १ लाख १० रकमबाट निर्माण भएको हो भने मन्दिरमा मुर्ति, गजुर, घण्टी लगायतका सामग्रि भने स्थानीय इश्वर रावलले व्यवस्था गर्नुभएको हो ।
उहाँले आफ्नो जन्मदिनको अवसरमा यि सामाग्रिको व्यवस्था गर्नुभएको हो । सामग्रि व्यवस्थापन सहित रंगरोगन लगायतमा थप १ लाख खर्च भएको शिव मन्दिर व्यवस्थापन समितिका अध्यक्ष इश्वर रावलले जानकारी दिनुभयो । मन्दिर निर्माणमा सहयोग गर्ने जग्गादाता सहित ८ जनालाई मन्दिर व्यवस्थापन समितिले सम्मान गरेको छ ।
समितिका अध्यक्ष इश्वर रावलको अध्यक्षतामा भएको उद्घाटन कार्यक्रममा गाउँपालिका स्वास्थ्य शाखा सह संयोजक विरबहादुर डाँगी, जनहित आधारभुत विद्यालयका प्रध्यानाध्यापक भद्रबहादुर शाही लगायत स्थानीयको सहभागिता रहेको थियो । कार्यक्रमको संचालन स्थानीय नरेन्द्र ओलीले गर्नुभएको थियो ।