माओवादी केन्द्र बाँफिकोटले तोक्यो जनवर्गिय संगठनको भेला तथा सम्मेलनको मिति
नेकपा माओवादी केन्द्र बाँफिकोट गाउँपालिका रुकुम पश्चिमले भातृ संगठनका भेला, सम्मेलनको मिति तय गरेको छ । आज बाँफिकोटमा बसेको पार्टीका कर्णाली प्रदेश सदस्य, जिल्ला समन्वय समिति सदस्य तथा पालिकाका पाधिकारीको बैठकले विभिन्न जनवर्गिय संगठनको भेला सम्मेलन गर्ने मिति तय गरेको हो ।
पार्टीका गाउँपालिका अध्यक्ष चन्द्रबहादुर केसीका अनुसार बैठकले सबै वडामा निर्वाचन परिचालन समिति गठन गर्ने निर्णय गरेको छ । यो निर्णयका साथमा बैठकले जनजाति महासंघको पालिका स्तरीय बैठक फागुन २० गते गर्ने निर्णय गरेको छ । फागुन २१ गते सहिद परिवारको भेला गर्ने,२२ गते अनेमसंघ क्रान्तिकारीको भेला गर्ने २५ गते पार्टीको पूर्ण बैठक बस्ने र चैत्र ३ गते वाइसीएलको पालिका सम्मेलन गर्ने निर्णय भएको अध्यक्ष केसीले बताउनुभयो ।
प्रकाशित मिति: बुधबार, फागुन १८, २०७८ १७:३९
प्रतिक्रिया दिनुहोस्