नेपाल कम्युनिष्ट पार्टी माओवादी केन्द्र रुकुम पश्चिम सानीभेरी गाउँ समितिको चौथो विस्तारित बैठक सम्पन्न भएको छ । सानीभेरी शिक्षा क्याम्पसको हलमा सम्पन्न बैठकले गाउँ कमिटीमा १० प्रतिशतले हुन आउने ६ जनालाई सदस्यमा मनोनित गरेको छ । त्यस्तै बैठकबाट १९ सदस्यीय सचिवालय गठन गरिएको छ भने सल्लाहकार समिति, जेष्ठ कम्युनिष्ट मञ्च, प्रचारप्रसार विभाग, कार्यालय व्यवस्थापन टिम, निर्वाचन परिचालन समिति तथा मतदाता नामावली सर्वेक्षण समिति पनि गठन गरिएको छ ।
बैठकले यही फागुन महिना भित्र वडा कमिटी लगायत जनवर्गीय संगठनहरुको बैठक सम्पन्न गर्ने निर्णय समेत गरेको छ । सानीभेरी गाउँपालिकाका ११ वटा वडालाई ४ वटा कमाण्डमा विभाजन गरि प्रदेश कमिटीका सदस्यहरुलाई कमाण्ड इन्र्चाज पनि पालिका बैठकले तोकेको छ । जसअन्तर्गत १ नम्बर कमाण्डको इन्चार्जमा धनबिर ओली, २ नम्बर कमाण्ड इन्चार्जमा बिर्खबहादुर विष्ट, ३ नम्बर कामण्ड इन्चार्जमा दिपेन्द्र विक र ४ नम्बर कमाण्ड इन्चार्जमा पहलसिह घर्तीमगरलाई तोकिएको छ ।
नेकपा माओवादी केन्द्र सानीभेरी गाउँ पालिका अध्यक्ष भूपालसिह ओलीको अध्यक्षतामा बसेको बैठकमा नेकपा माओबादी केन्द्र जिल्ला समन्वय समिति रुकुम पश्चिमका संयोजक गोविन्द रोका विज्ञानको प्रमुख आतिथ्यता रहेको थियो । त्यस्तै बैठकमा माओवादी केन्द्रका नेता नरबहादुर पुन, नेकपा माओबादी केन्द्र कर्णाली प्रदेश कमिटी सदस्य विर्खबहादुर विष्ट, दिपेन्द्र विक, धनविर ओली, पहलसिह घर्ती मगर लगाएतको आतिथ्यता रहेको थियो । बैठकको संचालन गाउँ समिति सचिव टेकबहादुर पुनले गर्नुभएको थियो ।