Kakhara सबैको खबर सम्पूर्ण खबर
यी हुन् माओवादी केन्द्र सिस्ने गाउँपालिकामा मनोनित १२ नयाँ सदस्य

नेकपा माओवादी केन्द्र सिस्ने गाउँपालिका रकुम पूर्वले पार्टिकाे गाउँपालिकामा १२ जना सदस्य मनोनित गरिएको छ । फागुन १८ र १९ गते रुकुमकाेटमा बसेकाे गाउँपालिकाकाे दाेस्राे बैठकले गाउँपालिकामा थप सदस्य मनाेनित गरेकाे हाे ।

पार्टीका गाउँपालिका अध्यक्ष मन्सराम खड्का भिक्टरले पार्टीकाे विधान अनुसार नै १२ जना सदस्य मनाेनित गरिएकाे हाे । अध्यक्ष खड्काका अनुसार ५ नम्बर वडाबाट श्रीकुमार बुढाथोकी,विकास बुढाथोकी,केवेन्द्र गौतम, रुद्रबहादुर बुढाथोकी, बामदेव गाैतम र विश्नु परियारलाई मनोनित गरिएको छ ।

त्यस्तै २ नम्बर वडाबाट कृष्ण खड्का, ३ नम्बर वडाबाट हेराम खड्का, गाेपिराम खड्का ७ नम्बर वडाबाट गणेश बुढालाई मनोनित गरिएको अध्यक्ष खड्काले जानकारी दिनुभयाे ।  यस्तै ४ नम्बर वडाबाट कमला घर्ती र गिता खड्का घर्तीलाई मनोनित गरेको नेकपा माओवादी केन्द्र सिस्ने गाउँपालिकाले जनाएको छ । सम्मेलनबाट ४९ सदस्यीय  गाउँपालिका समिति बनाइएकामा अब याे समिति ६१ सदस्यीय बनेकाे छ। 

प्रकाशित मिति: बिहीबार, फागुन १९, २०७८  १३:४४
प्रतिक्रिया दिनुहोस्
Weather Update